Tuesday, January 21, 2025

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवीन सोच राष्ट्र र जनताको पक्षमा सामाजिक रुपान्तरणका निम्ति अपरिहार्य हुने बताका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा आज आयोजित प्रतिभा डबली कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामाजिक रुपान्तरणका लागि नयाँ सोच जरुरी रहेको बताएका हुन् । ।

ताजा / भरखरै प्राप्त

प्रधानमन्त्री प्रचण्डले हाफूले विगतदेखि कहिले विद्रोहमा, कहिले शान्ति सम्झौतामा त कहिले संविधानसभामा र अहिले पनि फेरि एउटा नयाँ ध्रुवीकरण र प्रक्रियाका निम्ति सामाजिक रुपान्तरणको अभियानमा जारी राखेको पहल पनि नवीन सोचका कारण नै सम्भव भएको बताए ।

उनले हरदम आफ्नो विचार, सोच र शैलीलाई सृजनात्मक ढङ्गले विकास गर्ने व्यक्तित्वलाई आफूले सधँै उच्च मूल्याङ्कन गर्ने गरेको बताए । । मानव समाजको विकास पनि नवीन सोचको खोजीका क्रममा भएको र मानव तथा अरू प्राणीबीचको अन्तर पनि विचारको निरन्तर विकासको प्रक्रियासँग सम्बन्धित रहेको बताए ।

अहिले २१औँ शताब्दीमा विज्ञानको विकाससँग हामीले हाम्रा सोचहरुलाई अझ नवीन र तीव्रताका साथ बनाउँदै लैजाने र त्यसले आफ्नो कर्मलाई अझ प्रभावकारी बनाउँदै लैजान केन्द्रित हुनु पर्दछ । मलाई विश्वास छ, तपाइँहरुले यो प्रतिभा डबली कार्यक्रमबाट यस्तो सृजनात्मक नवीन सोचलाई प्रोत्साहन गर्न आ–आफ्नो ठाउँबाट चिन्तनमनन गरिराख्नुभएको छ, प्रचण्डले भने ।

वर्तमान सरकारले सुशासनलाई जोड दिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासन भनेको आफ्नै सोच र शैलीमा सुधार गर्दै आत्मसमीक्षा गर्ने विधि भएको बताए । उनले नेपालमा कर्मचारीभित्र क्षमता, प्रतिभा र अनुभव सबै दृष्टिकोणले सक्षम कर्मचारीतन्त्र रहेको विश्वास व्यक्त गरे । उनले स्थायी सरकारका रुपमा चिनिने कर्मचारीतन्त्रको सेवा प्रवाहको प्रभावकारिताले सरकारको मूल नेतृत्वको सफलता र असफलतालाई पनि प्रत्यक्ष रुपले प्रभाव पार्ने बताए ।

कर्मचारीतन्त्र भित्रबाट पनि नवीन सोचका साथ सृजनात्मक ढङ्गले आफ्नो काम अझ प्रभावकारी तवरले गर्दै परिणाममुखी बनाउनुपर्नेमा जोड दिँद प्रधानमन्त्रीले जुनसुकै क्षेत्रको पनि विकास र प्रगति सही विचारबाट नै हुने भएकाले त्यसमा केन्द्रित हुन आग्रह गरे । कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कार्यक्रमको उपादेयताका बारेमा जानकारी गराउँदै यसलाई निरन्तर अगाडि बढाउनुपर्ने बताए ।

प्रधानमन्त्री
प्रचण्ड
94


डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला । धन्यवाद ।

लेखकबाट थप

सम्बन्धित पोस्ट
किसान महासंघको कोशी प्रदेश अध्यक्षमा भट्टराई मनोनित
किसान महासंघको कोशी प्रदेश अध्यक्षमा भट्टराई मनोनित
असार ५, २०८० मंगलबार

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी
मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी
असार ५, २०८० मंगलबार

सुरक्षाकर्मीकाे संख्यामा पुनर्संरचना गर्नुपर्ने वाग्लेको प्रस्ताव
सुरक्षाकर्मीकाे संख्यामा पुनर्संरचना गर्नुपर्ने वाग्लेको प्रस्ताव
असार ५, २०८० मंगलबार

नेपालबहस ट्रेन्डिङ
एनआरएनएका दुई पक्षका बीचको सहमति अमान्यः अध्यक्ष मरासिनी
एनआरएनएका दुई पक्षका बीचको सहमति अमान्यः अध्यक्ष मरासिनी
नेपालबहस संवाददाता

असार ३, २०८० आइतबार

कांग्रेस नेता शेखर कोइराला बन्लान् त प्रधानमन्त्री ?
कांग्रेस नेता शेखर कोइराला बन्लान् त प्रधानमन्त्री ?
केदार भट्टराई (काका)

असार ५, २०८० मंगलबार

सिराहाबाट भन्सार छलेर प्याजको बोराभित्र सुटका कपडा, डेढ करोड बढीको सामान मकवानपुरमा बरामद
सिराहाबाट भन्सार छलेर प्याजको बोराभित्र सुटका कपडा, डेढ करोड बढीको सामान मकवानपुरमा बरामद
नेपालबहस संवाददाता

असार ४, २०८० सोमबार

समाजवादी मोर्चाः एक टाउको दुखाई राजनीतिको अवसान
समाजवादी मोर्चाः एक टाउको दुखाई राजनीतिको अवसान
विनोद त्रिपाठी

असार ४, २०८० सोमबार

लोकप्रिय
कांग्रेस नेता शेखर कोइराला बन्लान् त प्रधानमन्त्री ?

कांग्रेस नेता शेखर कोइराला बन्लान् त प्रधानमन्त्री ?
असार ५, २०८० मंगलबार

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles