Monday, February 17, 2025

सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले निश्चित समयका लागि एक हजार र पाँच सय दरका नोट विस्थापन गर्नुपर्ने बताएका छन् ।

ताजा / भरखरै प्राप्त

मंगलबार प्रतिनिधिसभाको बैठकमा अर्थ सहित ४ मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा धारणा राख्दै सांसद चौधरीले दुई ठूला दरका नोट विस्थापन गरेर जमिनमुनि लुकाएर राखिएका माफिया र बिलौलिया–दलालको अवैध धन प्रयोगमा ल्याउनुपर्ने बताए ।

उनले अनौपचारिक माध्यमबाट थुप्रै पैसा देशबाहिर गइरहेको र यसलाई रोक्न अर्थ मन्त्रालयले ठोस नीति ल्याउन सुझाव दिए । आर्थिक संकट टार्ने नाममा थुप्रै संख्यामा ठूला दरका नोट लुकाएर राखेको र यसलाई बाहिर ल्याउन ठूला नोटलाई केही समयका लागि निश्चित मूल्य तिरेर सरकारले खिच्नुपर्ने बताए ।

उनले अहिले धन मान्ने आधार परिवर्तन भएको भन्दै नीतिमा पनि परिवर्तन गर्न आवश्यक रहेको धारणा राखे । पहिले भैंसीलाई धन मानिन्थ्यो, अहिले त बैंकमा रहेको पैसा समेत मान्न छाडिएको पाइन्छ’ उनले भने, ‘अहिले त क्रिप्टो करेन्सीलाई मात्र धन मान्ने मान्यता अगाडि आएको छ । यसकारण यसलाई नियमन गरेर पैसा विदेश पलायन हुनबाट रोक्न कडा नीति ल्याउनु अनिवार्य भइसकेको छ ।’ बैंक ऋणकाे ब्याजदर नघटाएसम्म वित्तीय क्षेत्रमा सुधार ल्याउन नसक्ने बताए ।

यस्तै, चौधरीले वैदेशिक रोजगार जाने श्रमिका लागि दक्ष र सीपयुक्त बनाएर पठाउन सीप प्रतिष्ठान स्थापना गर्न सुझाव दिए । रेमिट्यान्समा लगाइरहेको कर हटाउन सुझाव दिए । कर हटाउन हुण्डीबाट रेमिट्यान्स पठाउने क्रम रोकिने र रेमिट्यान्सको सही तथ्यांक आउने बताए । ‘हाम्रा नागरिकले विदेशमा पसिना बगाएर जति रेमिट्यान्स पठाउनुहुन्छ, उहाँहरुलाई त्यसमा केही रकम थप गरेर उत्पादनमा लाग्ने वातावरण बनाउँ’ उनले भने ।

राजनीति
अर्थतन्त्र
94


डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।

लेखकबाट थप

सम्बन्धित पोस्ट
सांसद केसी पनि नोटबन्दीको पक्षमा उभिए
सांसद केसी पनि नोटबन्दीको पक्षमा उभिए
असार ५, २०८० मंगलबार

अहिले भ्यू टावर आवश्यकता छैन: कार्की
अहिले भ्यू टावर आवश्यकता छैन: कार्की
असार ५, २०८० मंगलबार

अर्थसहित चार मन्त्रालयको खर्च कटौतीमा सात सांसदका फरक-फरक प्रस्ताव
अर्थसहित चार मन्त्रालयको खर्च कटौतीमा सात सांसदका फरक-फरक प्रस्ताव
असार ५, २०८० मंगलबार

ट्रेन्डिङ
एनआरएनएका दुई पक्षका बीचको सहमति अमान्यः अध्यक्ष मरासिनी
एनआरएनएका दुई पक्षका बीचको सहमति अमान्यः अध्यक्ष मरासिनी

असार ३, २०८० आइतबार

कांग्रेस नेता शेखर कोइराला बन्लान् त प्रधानमन्त्री ?
कांग्रेस नेता शेखर कोइराला बन्लान् त प्रधानमन्त्री ?
केदार भट्टराई (काका)

असार ५, २०८० मंगलबार

सिराहाबाट भन्सार छलेर प्याजको बोराभित्र सुटका कपडा, डेढ करोड बढीको सामान मकवानपुरमा बरामद
सिराहाबाट भन्सार छलेर प्याजको बोराभित्र सुटका कपडा, डेढ करोड बढीको सामान मकवानपुरमा बरामद


spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles