Sunday, January 5, 2025

आइएमई ग्रुपद्वारा सन्चालित केवलकार कम्पनीहरु चन्द्रागिरी हिल्स, मौलाकालि केवलकार र लुम्बिनी केवलकारले सशस्त्र प्रहरी बल तथा आश्रित परिवारहरुलाई केवलकारको टिकट मूल्यमा २० प्रतिशत छुट दिने भएका छन् । आज सशस्त्र प्रहरी बलको प्रधान कार्यालय र तीनवटै केवलकार कम्पनीहरुले छुट प्रदान सम्बन्धी सम्झौता गरेका हुन् ।

ताजा / भरखरै प्राप्त

सम्झौता अनुसार, बाहालवाला सशस्त्र प्रहरी कर्मचारीहरु,अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु, आश्रित परिवारहरु साथै नेपाल एपी एफ स्कुलमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले केवलकार टिकट मूल्यमा २० प्रतिशत छुट प्राप्त गर्ने छन् ।

सशस्त्र प्रहरी बलको कल्याकारी योजना अन्र्तगत भएको यो सम्झौता बमोजिम यो छुट प्राप्त गर्न बाहालवाला सशस्त्र प्रहरी कर्मचारीहरूले सम्बन्धित कार्यालयले प्रदान गरेको परिचय पत्र ,अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुले पेन्सन पट्टा तथा आश्रित परिवारहरूले नाता प्रमाणित कागजात देखाउनु पर्नेछ ।

सम्झौता पत्रमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक प्रविण कडेंल र मौलाकाली तथा लुम्बिनी केवलकारका तर्फबाट कम्पनीका प्रतिनिधी रुद्र पौडेल, चन्द्रागिरी हिल्सका तर्फबाट महाप्रबन्धक संजिव थापाले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर समारोहमा आइएमई अन्र्तगतको बेष्ट रिसोर्टका निर्देशक अभिषेक विक्रम शाह लगायत आइएमई ग्रुप तथा शसस्त्र बलका प्रतिनिधिहरूको सहभागिता थियो ।


डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला । धन्यवाद ।

लेखकबाट थप

ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत अवरोधहरू तत्काल हटाउनुपर्छ : अध्यक्ष ढकाल
ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत अवरोधहरू तत्काल हटाउनुपर्छ : अध्यक्ष ढकाल
असार ७, २०८० बिहिबार

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौं-धनगढी रुटमा ४४५ रुपैयाँले कमी
घट्यो आन्तरिक हवाई भाडा, काठमाडौं-धनगढी रुटमा ४४५ रुपैयाँले कमी
असार ६, २०८० बुधबार


कांग्रेस नेता शेखर कोइराला बन्लान् त प्रधानमन्त्री ?
कांग्रेस नेता शेखर कोइराला बन्लान् त प्रधानमन्त्री ?
केदार भट्टराई (काका)

Previous article
Next article
बिरगंज महानगरपालिका का उप प्रमुख इम्तियाज आलम ले नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री फरमुल्लाह मंसुरलाई फुलको गुच्छा तथा खादा ओढाई स्वागत गर्नु भयो।पुर्व मन्त्री फरमुल्लाह मंसुर ले बाराको जीतपुर सिमरा उपमहागरपालिका वडा नं ७ मा रहेको सञ्जीवनी बाटिका (वृद्धा आश्रम) को बारेमा विशेष कुराकानी गर्नु को साथै वृद्धि आश्रम लाई प्रभावकारी बनाउने र योगदान को बारेमा उप प्रमुख आलम संग आग्रह गर्नु भएको थियो।सञ्जीवनी वाटिका(वृद्धा आश्रम) जीतपुरका अध्यक्ष समेत रहनु भएका पूर्व मन्त्री फरमुल्लाह मन्सुरले भने करिब एक करोड रुपियाँको लागतमा निर्माण गरिएको वृद्धा आश्रम भवन सवा ८ कठ्ठा जग्गामा रहेको छ । एक सय जनासम्म जेष्ठ नागरिकहरुलाई राख्ने क्षमता रहेता पनि हाल १५ देखि २५ जनासम्म राख्ने योजना रहेको छ भनु भयो। बिरगंज महानगर पालिकाका उप प्रमुख ले भने म संग हुने सहयोग आश्रम को लागि गर्ने छु आउने दिनहरु मा आश्रम को लागि आवश्यक पर्ने समाग्री उपलब्ध गराउने प्रतिबधाता दिनु भयो। त्यसैगरि भेटघाटको क्रममा नेपाली कांग्रेसका नेता कालू सिंह,कोपिला चौरसिया,धर्मराज यादव,प्रिति सिंह, लगायतका हरुको उपस्थित रहेको थियो। बिरगंज महानगर पालिकाका उप को प्रेस सल्लाहकार महमद सदाब ले जानकारी दिनु भयो,!
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles