Friday, January 17, 2025

अर्थमन्त्री डा. प्रकाशशरण महतले करको दर कायम गर्दै आफूले कसैको मुख नहेरेको बताएका छन् । नेपाल उद्योग परिसंघको २० औँ साधारणसभामा महतले एफपीओ, मर्जर एक्विजेसनमा कुनै नयाँ प्रावधान नगरेको भन्दै अन्य करको विषयमा देशको हितलाई हेरेको बताए ।

ताजा / भरखरै प्राप्त

उनले महालेखा परीक्षकको सुझाव अनुसार एफपीओ र मर्जर तथा एक्विजेसनमा करमा ऐन तथा नियम अनुसार सहजीकरण गरिएको बताउँदै यो नयाँ कर थपेको नभइ अदालतले मात्र यसको टुंगो लगाउन सक्ने बताए ।

कर छुट बढ्दै गएकाले त्यसलाई नियन्त्रण गरेको पनि मन्त्री महतले बताए । महतले यो वर्ष कर नभएर करको दायरालाई बढाएको बताए । करका दरको विषयलाई लिएर संसदमा हंगामा भइरहेको छ ।

अर्थमन्त्री
प्रकाशशरण महत

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles