सो पार्टीका प्रवक्ता मनिष सुमनका अनुसार आइतबार देखी नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु हुने बिद्यान अधिवेसनमा प्रस्तुत हुने मस्यौदा बिद्यानलाई अनुमोदन गर्नेछ । केन्द्रीय समितिवाट मस्यौदा बिद्यान पारित गरे पछि बिद्यान अधिवेसनमा प्रस्तुत हुनेछ ।
भोलीको बैठकमा केन्द्रीय कमिटीका ४ सय १० सदस्य साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठन लगायतबाट देशभरी तथा प्रवाससमेत गरी करिव ८०० प्रतिनिधिहरु सहभागी हुदैँछन । यसरी सहभागी भएका प्रतिनिधिहरुलाई १० वटा समूहमा विभाजन गरेर विधानमाथि छलफल हुनेछ र पारित गर्ने प्रमुख अजेन्डा रहेको छ ।
बिद्यान अधिवेसनले संघीय परिषद खारेज गरेर पुनः एकल नेतृत्वमा फर्कने गरी तयार पारिएको बिद्यान अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गर्नेछन् ।