उनले हालै दिएको ‘राष्ट्रियता र स्वाधीनताको सवाल अगाडि आउँदा म अदालतको आदेश मान्दिनँ’ भनेर सामाजिक संजालमा व्यक्त अभिव्यक्तिलाई लिएर अधिवक्ता वर्षाकुमारी झाले आइतबार रिट निवेदन दर्ता गराएकी हुन् । अदालतको अवहेलना गरेको भनी सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ । रिट निवेदक झाले मेयर शाहलाई अदालतको अवहेलनामा कारवाही हुनुपर्ने मागदाबी गरिएको छ ।
रिट मुद्दा बन्ने वा नबन्नेबारे निर्णय लिन न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजसालमा पेसी तोकिएको छ ।
केही दिनअघि मेयर शाहले भारतीय चलचित्र ‘आदि पुरुष’मा जानकी ‘भारतकी छोरी हुन्’ भन्ने संवाद नहटाएसम्म कुनैपनि हिन्दी फिल्म प्रदर्शन रोक्ने भनी लिएको निर्णयविरुद्ध चलचित्र संघले दायर गराएको रिटनिवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनले प्रदर्शन नरोक्न आदेश दिएपछि मेयर साहको उक्त अभिव्यक्ति आएको थियो ।
