वडा नम्बर ८ घर भई सोही संस्थामा सुरक्षागार्डको काम गर्ने ६० वर्षीय किशोरी राय कुर्मीको शव फेला परेको हो । इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जितेन्द्र बस्नेतका अनुसार कुर्मी हत्या गरिएको अवस्थामा फेला परेको हो
संस्थाको कम्पाउन्डभित्र उनको शव फेला परेको हो। घाँटीमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा फेला परेको हो । हतियार भने फेला नपरेको डिएसपी बस्नेतले बताए ।
कुर्मी त्यस संस्थामा विगत ६ महिनादेखि कार्यरत थिए । बिहान संस्थामा पुगेका कर्मचारीले शव देखेपछि प्रहरीलाई खबर गरेको थियो । घटनास्थल र शवको मुचुल्काको काम सकेर पोष्टमर्टमको लागि शवलाई मिर्चैया अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
अपराध
मधेश प्रदेश
