बीरगज अषाढ ११, सोमबार -:
मुस्लिम समुदायको ठुलो धार्मिक आस्था बोकेको हज यात्राका लागि साउदी पुगेका एक हाजीले नेपाली हाजीहरुको अवस्था बिजाेग भएकाे जानकारी दिए ,!
नेपालको गृह मन्त्रालयका अनुसार १२ सयजना नेपाली इस्लाम धर्मावलम्बी हजका लागि साउदी अरब पुगेका छन् ।
हजका लागि अहिलेसम्म विश्वभरबाट १६ लाख ५५ हजार इस्लाम धर्मावलम्बी साउदी अरब पुगेका छन् । कोभिड महामारीपछि पहिलोपटक कुनै प्रतिबन्धविना हज आयोजना गरिएको हो ।
हज कमिटीले हजिहरुको खाना बस्न ब्यबस्थापनको लागि प्रत्येक हाजी संग ४६५००० रुपैयाँ उठाएको थियो । तर ब्यबस्थापन फितलोको कारण अहिले हाजीहरुको साउदीमा बिजोग भएको अवस्था सामाजिक संजाल मार्फत देख्न सकिन्छ ,!
गृह मन्त्रालय अन्तर्गत रहेको हज कमिटीको लापरबाहीले गर्दा अहिले नेपाल बाट गएका हाजीहरुले सास्ती भोगिरहनु परेको छ ,! यस समस्य लाई नेपाल सरकारको ध्यानाकर्षण गराइदिन साउदीमा रहेका नेपाली हाजीहरु द्वारा आग्रह गरेका छन् ।
गृह मन्त्रालयले हज यात्रीका लागि एक करोड रुपैयाँ छुट्याए पनि व्यवस्थापनमा त्यो खर्च नभएको हाजीहरुको गुनासो छ ,!
सत्तारुढ दलबीच भागबन्डा मिलाएर २५ सदस्यीय हज समिति गठन गरिन्छ , तर धेरै हजयात्री जाने जिल्लाका व्यक्ति हज समितिको नेतृत्वमा नराखिएको, हज यात्रीले नेपाली भाषामा गृह मन्त्रालयलगायत कर्मचारीसँग कुराकानी गर्न गाह्रो भएको गुनासो गरेका छन् ।
हज समितिका अध्यक्ष शमशेर मियाँ नक्कली भुटानी शरणार्थी प्रकरणमा छन् ,!