Tuesday, July 1, 2025

प्रहरीमाथि कैदीले गरे आक्रमण-:

ताजा / भरखरै प्राप्त

प्रहरीमाथि नै आक्रमण गरेका छन् । कैलाली कारागारमा अनुगमन गर्न गएका प्रहरीमाथि शनिबार कैदीबन्दीले आक्रमण गरेका हुन् । अनुगमनका लागि जिल्ला प्रहरी कार्यालयबाट टोली खटिएको थियो । सोही टोलीमाथि आक्रमण भएको हो । आक्रमणबाट जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक भूपेन्द्र सामन्त घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले अनुगमन सकेर निस्किने क्रममा समान्य धकेलाधकेल भएको र सोही क्रममा प्रहरी सहायक निरीक्षक सामन्तमाथि चोट लागेको कारागार प्रशासनले जनाएको छ । अनुगमनका क्रममा कैदीबन्दीले कारागारभित्र प्रयोग गर्दै आएका १५ थान मोबाइल, ३३ थान चार्जर र एक लाख चार हजार भारतीय रुपैयाँ बरामद गरिएको छ । बरामद गरिएको मोबाइल र नगद रकम कारागार प्रशासनमा राखिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles