कूल खेतीयोग्य जग्गामध्ये गत वर्ष यही समयमा पर्सामा अधिकांश स्थानमा रोपाइँ सुरु भई सकेको थियो । फाटफुटरुपमा सरकारी र निजी स्तरबाट गाडिएको स्यालो ट्युवेलबाट विद्युतीय मोटर र दमकलबाट पानी तानेर खेती भई रहे पनि पानी नपरेपछि अधिकांश भूभागमा अझैसम्म धान रोपाइँ हुन सकेको छैन ।
मनसुन सुरु भए पनि हालसम्म पर्याप्त पानी परेको छैन । केही दिनअघिदेखि हल्का पानी परे पनि रोपाइँका लागि कठिनाई भएको छ,! विगत वर्षमा यो बेलासम्म रोपाइँ गर्दा धान हरियो भइसक्थ्यो भने रोपाइँ पनि अति तीव्र रुपमा हुन्थ्यो,! यो वर्ष कहिले रोपाइँ हुने हो थाहा छैन ।” “समयमै धान रोप्न नपाउँदा धान उत्पादनसमेत घट्न सक्ने भन्दै कृषक चिन्तित बनेका छन् ।”
गत वर्ष यही समयमा २२ प्रतिशत रोपाइँ भई सकेको मा यो वर्ष अधिकांश स्थानमा रोपाइँ नै सुरु हुन नसकेको पाइएको छ ,!
पहिला साउन १ गतेदेखि नहरमा पानी छाड्ने गरिन्थ्यो । गत वर्ष पनि १४ असार नहरमा पानी छाडिएकामा बर्सात्को समयमा बाह्र हजार पाँच सय हेक्टर खेतीयोग्य जग्गामा सिँचाइ हुँदै आएको थियो,!
नहरमा पानी आउने सुनिश्चत भएपछि अब नहर छेउको जग्गामा धान रोपाइँ चाँडै सकिने छन् ,!
![](http://madheshpradeshkhabar.com/wp-content/uploads/2023/06/1685946106943-321.jpg)