Thursday, January 2, 2025

वर्षायाममा बढ्छन् रोग, कसरी जोगिने ?त्रिगुणा भट्टराईमौसम परिर्वतसंगै स्वास्थ्यमा विभिन्न समस्या आउने गर्छन् । विशेष गरी गर्मी मौसममा झाडापखाला, टाइफाइड, निमोनिया लगायतका स्वास्थ्य समस्या बढि देखिने गर्दछन् । वर्षायामको समयमा पानीजन्य रोगको संक्रमण बढि फैलने गर्छ । पानीजन्य रोगको जोखिम उच्च भएका समय स्वास्थ्यलाई कसरी जोगाउने ?वातावरणीय तापक्रमको घटबडसँगै स्वास्थ्यमा देखिने समस्याहरु पनि फरक फरक हुने गर्दछ । जाडोमौसमको तुलानमा गर्मी मौसममा पानीजन्य संक्रामक रोगको जोखिम हुने गर्दछ । यो समयमा झाडाबान्ता, हैजा, औलो, टाइफाइड, आउँ, हेपाटाइटिस, डेंगु लगायतका सरुवा रोगहरुको महामारी फैलिने जोखिम पनि उतिकै हुने चिकित्सकहरु बताउँछन् । साथै यो समयमा अविरल वर्षाले निम्त्याउने बाढी, पहिरो र डुबानजस्ता प्रकोपको जोखिम एकातिर छदै छ । अर्को तर्फ यस्ता स्थानमा बाढी, पहिरो तथा डुबान परेको अवस्थामा अस्थायी शिविरमा सामूहिकरुपमा बस्दा शुद्ध खानेपानी र शौचालयको व्यवस्था नभएको खण्डमा पानीजन्य रोगको जोखिम उच्च हुने चिकित्सकको भनाई छ ।वर्षायाममा जीवनशैली व्यवस्थित गर्न सकिएन भने युरिक एसिड कोलेस्टोर बढ्ने तथा मधुमेह लगायतका स्वास्थ्य समस्याबाट जोगिन सकिन्छ । जसका लागि समय समयमा थोरै थोरै खाना खाने, पानी तथा झोलिलो पर्दाथ सेवन गरिरहने तथा बासी सडेगलेका खानेकुराको सेवनबाट जोखिन आवश्यक छ । साथै वर्षायाममा स्वास्थ्य समस्या बढि देखिने भएका कारण यो समयमा खानपिनमा विशेष ध्यान आवश्यक भएको चिकित्सक बताउँछन् ।वर्षायाममा झरी परेको समय केही शीतल महसुस भए पनि अन्य बेलामा चर्को घाम लाग्ने गर्दछ । त्यसैले गर्मीबाट बच्न सुतीको कपडा लगाउने, दिनहुँ नुहाउने, प्रशस्त पानी र झोल पदार्थ पिउने, व्यक्तिगत सरसफाइमा ध्यानमा दिन आवश्यक छ । साथै वर्षायाममो प्राकृतिक विपत्तीे बाढी पहिरोको जोखिम समेत उतिकै हुनेगर्दछ । जसका लागि सरकारले प्राकृतिक विपत्ती आएको स्थानमा संक्रामक रोग फैलन सक्ने जोखिमलाई मध्यनजर गदै सरकारले आधारभूत स्वास्थ्य सुविधा व्यवस्थापन गर्ने, पिडितलाई सुरक्षित स्थानमा लैजाने तथा औषधी उपचारको व्यवस्थापन गर्न आवश्यक देखिन्छ ।

ताजा / भरखरै प्राप्त

Previous article
१९ घण्टादेखि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध, पहिरो पन्छाउनै मुस्किलचितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा झरेको पहिरो पन्छाउन नसक्दा १९ घण्टादेखि सडक अवरुद्ध हुँदा यात्रुहरुको विचल्ली भएको छ ।मुग्लिनबाट २ किलोमिटर नारायणगढतर्फ निरन्तर पहिरो झरेकाले सडक खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए ।अहिले पहिरो खस्न केही कम भएकाले पन्छाउन सुरु गरिएको छ । तर पहिरो कतिबेला पन्छाएर सकिन्छ भनेर एकिन नभएको प्रहरीको भनाइ छ ।विहीबार दिउँसो साढे १ बजेदेखि पहिरो झरेर सो ठाउँमा सडक अवरुद्ध छ । पहिरो भएको ठाउँमा खटिएका पण्डितका अनुसार ठाडो भिर भएकाले माथिबाट कहिले सानो त कहिले ठूलो पहिरो झरिरहेको बताए ।‘सिमसिम पानी परेकाले विस्तारै खसिरहेको छ, बरु ठूलो पानी आइदिए एकैपटक हुन्थ्यो, सफा गर्न पनि सजिलो हुन्थ्यो, पहिरो खस्दाखस्दै कसरी सफा गर्ने निकै समस्या भयो,’ पण्डितले भने, ‘दुवैतर्फबाट सफा गर्न भनेर डोजर राखिएको छ, अहिले पहिरो खस्न केही कम भएकाले पन्छाउन थालेका छौं । तर पहिरो कतिबेला पन्छाउन सकिन्छ भनेर एकिन गर्न सक्ने अवस्था छैन ।’सडक पहिराले अवरुद्ध हुँदा यातायातका साधन र यात्रुहरुको व्यवस्थापन निकै चुनौतीपूर्ण बनेको प्रहरी प्रवक्ता पण्डितले बताए । मुग्लिन नै जाम हुने अवस्था आएको उनको भनाइ छ ।पोखरातर्फको क्षेत्रमा जाने सवारी साधनलाई निर्वाध चल्न दिन अधिकतम प्रयास गरिएको प्रहरीको भनाइ छ । मुग्लिन–नारायणगढ भएर चल्ने सवारी साधनलाई भने वैकल्पिक सडक भएर यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन लागि ठेक्का पाएको अनक कन्स्ट्रक्सनले भित्ता काट्न कठिन भएको भनेको ठाउँबाट निरन्तर पहिरो झरिरहेको छ । सो ठाउँको मुग्लिनतर्फ ६० मिटर अग्लो चट्टान काट्न सुरु गरिए पनि नसकेपछि विस्फोट गराउनुपर्ने निष्कर्ष निकालेर भारतीय दूतावासमा विस्फोटक पदार्थ ल्याउने अनुमतिका लागि फाइल पठाइएको छ ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles