Tuesday, January 21, 2025

कक्षा १२ को नतिजा साउन अन्तिम साताभित्रमा सार्वजनिक हुने

ताजा / भरखरै प्राप्त

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा साउन अन्तिम साताभित्रमा सार्वजनिक गरिने जनाएको छ । गत वैशाख २६ गतेदेखि लिइएको परीक्षा नतिजा साउन मसान्तभित्र सार्वजनिक गरिने भएको हो । त्यसका लागि अहिले उत्तरपुस्तिका परीक्षणको काम भइरहेको छ । सातै प्रदेशका परीक्षा केन्द्रहरूमार्फत उत्तरपुस्तिका परीक्षणको काम भइरहेको बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिए ।

‘उत्तरपुस्तिका परीक्षणको काम भइरहेको छ । साउन अन्तिम साताभित्रमा नतिजा सार्वजनिक गर्ने हाम्रो कार्यतालिका छ । सोही आधारमा हुन्छ’ अध्यक्ष शर्माले भने । उत्तर पुस्तिका परीक्षण हाल प्रभावित भएको छ । माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) को आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षणको काम प्रभावित बनेको हो । आन्दोलनरत शिक्षकहरू परीक्षणका लागि नगएपछि उत्तरपुस्तिका परीक्षणको काम आंशिक रूपमा प्रभावित भइरहेको अध्यक्ष शर्माले बताए । हिस्टुनले असार १३ गतेदेखि १९ गतेसम्म एक साताका लागि परीक्षण नगर्ने बताएको हो । उनीहरूले अवरोध सिर्जना गरेपनि नतिजा प्रकाशनको काम भने समयमै हुने उनको भनाई छ । नतिजा कुनै आधारमा प्रकाशन गर्ने भन्ने यकिन भइसकेको छैन् । गत वर्ष लेटर ग्रेडिङ २०७८ अनुसार नतिजा प्रकाशन गरेको थियो । तीन वर्ष वा सो भन्दा बढीमा नन ग्रेडेड (एनजी) आएका विद्यार्थीले अर्को वर्ष हुने परीक्षामा सबै विषयको परीक्षा दिनुपर्ने भन्ने थियो । तर, अन्तिममा आएर संशोधन गरिएको थियो । र जति विषयमा नन ग्रेडेड आएको थियो। त्यति विषयको मात्र परीक्षा दिने व्यवस्था गरिएको थियो ।

१ वा २ विषयमा एनजी आएका विद्यार्थीले तत्कालै हुने पुरक परीक्षामा सहभागी हुन पाउनेछन् । तीन विषय वा सो भन्दा बढीमा एनजी आएका विद्यार्थीले अर्को वर्ष परीक्षा दिनुपर्ने लेटर ग्रेडिङ निर्देशिकामा उल्लेख छ । गत वर्ष संशोधनपछि तीन वा सो भन्दा बढी विषयमा एनजी आउने विद्यार्थीले अर्को वर्ष जति विषयमा एनजी आएको सोही विषयको मात्र परीक्षा दिनुपर्नेछ । साभार !

Previous article
Next article
महोत्तरीको नाकाबाट तस्करीमहोत्तरी । महोत्तरीका नाकाबाट तस्करी हुँदै आएको छ । महोत्तरीको सम्सी नाकाबाट तस्करी बढेको उजुरी प्रतिवेदन बाहिनीमा पुगेको छ । लामो समय महोत्तरीमा घुमुवा काम गरेका सइ हिमालयदेब सुवेदी इन्सपेक्टर बढुवा भएपछि हाल सम्सी बिओपीको इन्चार्ज छन् । पुरानै सेटिङअनुसार उनले तस्करी गर्दै आएका हुन् । सो नाकाबाट भारततर्फ ठूलो मात्रामा गोरु तस्करी भइरहेको तथा उताबाट हार्डवयरका सामान, किराना सामान, सिमेन्ट, छड, खसीबोकासमेत तस्करी हुँदै आएको छ ।महोत्तरीबाट भित्रिएको मालसमान जनकपुरमा पक्राउ पर्नु निश्चित रुपमा महोत्तरी प्रहरीको काम कारबाहि र नियत माथि शंका उब्जीएको छ । कारण महोत्तरीमा केहि दिन यता तस्करी निकै फस्टाएको छ । नेपाल प्रहरी, शसस्त्र प्रहरी र भन्सार कार्यालयको सेटिङ्गमा यस जिल्लाको बिभिन्न नाकाबाट रातदिन तस्करी भईरहेको छ ।महोत्तरीको मठियानी, भिठाकोड, सम्सी, रघुनाथपुर, खैरबन्नी, इटर्बा लगायतका नाकाहरुबाट तस्करी भई रहेको सजिलै हेर्न सकिन्छ । सानोतिनो ब्यापारीले दिउँसै माल समान आरपार गर्छ भने ठुला ब्यापारीहरु भारतबाट रात भरी लत्ताकपडा, हार्डबेयर, इलेक्ट्रोनिक्स समान, तेल, चिनि लगायतका माल समान नेपाल ओसार्ने गरेको छ । अहिले नेपालबाट रक्सी, स्याउ, तुथ पेस्ट, फेयर एण्ड लबली, लगायतका मालसमान भारत पठाउने गरिएको छ । यस कार्यमा महोत्तरीका प्रमुख तस्करहरु महेश यादब, गाइबला मियाँ, संजिब, सपना सिंह, रञ्जित यादब, जानीपुर बाली, रघु, मिठुर लगायत तीन दर्जन भन्दा बढि सान ठुला ब्यापारीहरु संलग्न रहेको छ ।मठियानी नाकाबाट सुजित साह, अमरेश यादब, अलि हसन लहेरी, दिनेश यादब, प्रमोद साह संगै दुई दर्जन ब्यारीहरु लत्ताकपडा, इलेक्ट्रोनिक्स समानहरु, सुर्ति, किराना, भाडा बर्तन, मलखाद, मटर मरिचको ब्यापक रुपमा चोरी तस्करी गरी ल्याउने गरेको छ । त्यस्तै नेपालबाट यिनिहरुले घरेलु तथा सिल प्याक रक्सी, सेउ, तुथ पेस्ट, फेयर एण्ड लबली, लगायतका सरसमान भारत पठाउने गरिएको छ । साभार !
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles