Thursday, December 5, 2024

नरेन्द्र मोदी सरकारले बलिउड चलचित्र आदिपुरुषका लेखकलाई दिइएको प्रोजेक्ट खोसेको छ । रामायणलाई चलचित्र आदिपुरुष गलत तरिकाले प्रस्तुत गरेको अभियोग लागेका लेखका मुन्तासिरका प्रोजेक्ट खोसिएको हो । भारतीय जनता पार्टीका प्रवक्ता तथा राज्यसभा सांसद सुधांसु त्रिबेदीले यसवारेमा जानकारी दिएका हुन ।

ताजा / भरखरै प्राप्त

उनले भनेका छन, ‘मनोज मुन्तासिरजी, तपाइको मुर्खताको नतिजा आउन थालेको छ, केन्द्र सरकारका धेरै विभागहरू पन्छिन थालेका छन्, सरकारी विभागका धेरै परियोजनाबाट मुन्तासिरको नाम काटियो ।’

उनले आदिपुरुषमा रामायण, भगवान रामलगायतको चरित्रलाई अपब्याख्या गरेको भन्दै भाजपालगायत दलका नेताहरुले उनी माथी आक्रोश पोखेका थिए भने नेपालमा सो चलचित्र प्रतिबन्ध लगाइएका कारण चल्न पाएको थिएन ।

उनी अगाडी लेख्छन, ‘यो भगवान श्रीरामजीको दण्ड हो, अहिले पनि समय छ– भगवान श्रीरामजीसँग माफी माग्नु होस् ।’

आदिपुरुष -:

Previous article
रौतहटमा आमा-छोरी मृत फेलारौतहट । रौतहटमा आमाछोरी मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार जिल्लाको मौलापुर नगरपालिका वडा नम्बर ४ पतौरामा कविता देवी साह र उनकी २ वर्षीया छोरी आरुही कुमारी शनिबार घरमै मृत फेला परेका हुन्।बालिकाको शव कोठाभित्र पंखामा पा,साे लागेकाे अवस्थामा र कविताको शव घरबाट निस्कने ठाउँको भर्याङ्ग तल फेला परेको प्रहरीको भनाइ छ ।माधवनारायण नगरपालिका वडा नम्बर ५ मिठुहवा माइत भएकी मृतक साहको ३ वर्ष अगाडि सामाजिक रितिरिवाज अनुसार धिरेन्द्र साहसँग बिवाह भएको थियो ।माइती पक्षका अनुसार विवाह भएदेखिनै विभिन्न बहाना सामानहरु दाइजो मागेर धिरेन्द्रले कवितालाई यातना दिने गरेका थिए ।कविताका बाबु विजयशंकर साहले केटा पक्षले आएको मोटरसाइकल, पलंग, भैंसी, सुनको सिक्री, सुनको औंठी दाइजो माग्ने गरेको र आफुले दिन नसक्दा नाबालक नातिनी सहित छोरीलाई कुटेर ह-त्या गरेको आरोप लगाए ।जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक बिरबहादुर बुढामगरका अनुसार प्रहरीले सुचना पाए लगतै घटनास्थलमा गएर अनुसन्धान सुरु गरेको र अनुसन्धान पछि थप कुराहरु खुल्दै जाने जनाए ।उनका अनुसार मृतक कविता साहका पति धिरेन्द्र साह र ससुरा नागेन्द्र साहसहित परिवार घटनापछि फरार भएका र खोजी कार्य तिब्र पारिएको छ ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles