अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ पुष २३ मा दर्ता गराएको मुद्दामा विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासले शुक्रबार फैसला सुनाउँदै खड्कालाई भ्रष्टाचारी ठहर गरेको हो ।
ठहरसँगै खडकाको नाममा रहेको घरजग्गा, बैंक मौज्दात, शेयरलगायतका सम्पत्ति जफत गर्न आदेश दिएको छ । साथै खडकालाई एक वर्ष ३ महिना कैद सजाय तोकिएको छ । गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा दोषी ठहर गर्दै विशेष अदालतले उनलाई बिगो र सजाय सुनाएको हो ।
सोही मुद्दामा प्रतिवादी बनाइएकी खडका पत्नी शर्मिलाको नाममा रहेको घरजग्गा समेत जफत गर्न आदेश भएको छ । उनको नाममा रहेको कित्ता नं. १५२२ र १४२३ मा रहेको घरसमेत जफत हुने आदेश भएको छ । अर्की प्रतिवादी अमिता लामा सोदेम्बाको नाममा रहेको जग्गा र सम्पत्ति पनि जफत हुने आदेश भएको छ ।
अख्तियारले मुद्दामा प्रतिवादी बनाएको कम्पनी सिजी डेभलपर्स प्रालिको नामा रहेको सम्पत्ति पनि जफत हुने आदेश भएको छ ,!