संसदीय मामिला पत्रकार समाजको आठौं अधिवेशनको अवसरमा आयोजित कार्यक्रममा सत्यमा आधारित समाचार सम्प्रेषण अहलिेका लागि आवश्यक भएको बताए । सभामुख घिमिरेले कार्यपालिका, न्यायपालिक र व्यवस्थापिकासँग संञ्चार क्षेत्रको निकट सम्बन्ध रहेको बताए ।
सञ्चार क्षेत्रको अधिकारलाई कुण्ठित गर्न नहुने भन्दै उनले यसमा भएका कमजोरी भने हटाउन आवश्यक भइसकेको बताए । सञ्चार क्षेत्रको महत्वव धेरै, बन्द र खुला दुवै समाजमा सञ्चारको भूमिका महत्वपूर्ण छ, सञ्चार संसद्को महत्वपूर्ण अंग हो । यसले आफ्नो जिम्मेवारी के हो भन्ने भुल्न हुँदैन, सभामुख घिमिरेले भने ।
नयाँ पुस्ता नयाँ मिडियामा अभ्यस्त रहेको भन्दै उनले मिडियासँग सम्बन्धित ऐन कानुन बन्ने क्रम जारी रहेको भन्दै उनले सञ्चारमूखी ऐनको पक्ष्ँमा आफूले सक्दो वकालत गर्ने बताए । घिमिरेले भने, ‘राजनीतिक परिवर्तनमा मिडियाको भूमिका छ । संसद् र संसदीय गतिविधि प्रभावकारी बनाउन विश्लेषणात्मक समाचार जरूरी छ । ावेग र निराशा बढाउनेभन्दा पनि अहिलेको परिवर्तनलाई संस्थागत गर्न सञ्चारको भूमिका महत्वपूर्ण हुन्छ ।’
सभामुख महत्वपूर्ण पद भए पनि संसद् प्रभावकारी बनाउन यसका विभिन्न पक्षको भूमिका रहने उनको भनाइ छ । निष्पक्ष हुने सभामुख नेताको घरघर धाउन थाल्यो भन्ने विश्लेषण हुन थाल्यो भने यो टिप्पणीले हुँदैन । पत्रकारिताबाट सही तथ्यगत विश्लेषण आवश्यक छ, अहिले अराजकता देखिएको अवस्थामा सञ्चारबाट सही विश्लेषण आवश्यक छ। उनले भने ।
देवराज घिमिरे
सभामुख -:
