महोत्तरीको नाकाबाट तस्करीमहोत्तरी । महोत्तरीका नाकाबाट तस्करी हुँदै आएको छ । महोत्तरीको सम्सी नाकाबाट तस्करी बढेको उजुरी प्रतिवेदन बाहिनीमा पुगेको छ । लामो समय महोत्तरीमा घुमुवा काम गरेका सइ हिमालयदेब सुवेदी इन्सपेक्टर बढुवा भएपछि हाल सम्सी बिओपीको इन्चार्ज छन् । पुरानै सेटिङअनुसार उनले तस्करी गर्दै आएका हुन् । सो नाकाबाट भारततर्फ ठूलो मात्रामा गोरु तस्करी भइरहेको तथा उताबाट हार्डवयरका सामान, किराना सामान, सिमेन्ट, छड, खसीबोकासमेत तस्करी हुँदै आएको छ ।महोत्तरीबाट भित्रिएको मालसमान जनकपुरमा पक्राउ पर्नु निश्चित रुपमा महोत्तरी प्रहरीको काम कारबाहि र नियत माथि शंका उब्जीएको छ । कारण महोत्तरीमा केहि दिन यता तस्करी निकै फस्टाएको छ । नेपाल प्रहरी, शसस्त्र प्रहरी र भन्सार कार्यालयको सेटिङ्गमा यस जिल्लाको बिभिन्न नाकाबाट रातदिन तस्करी भईरहेको छ ।महोत्तरीको मठियानी, भिठाकोड, सम्सी, रघुनाथपुर, खैरबन्नी, इटर्बा लगायतका नाकाहरुबाट तस्करी भई रहेको सजिलै हेर्न सकिन्छ । सानोतिनो ब्यापारीले दिउँसै माल समान आरपार गर्छ भने ठुला ब्यापारीहरु भारतबाट रात भरी लत्ताकपडा, हार्डबेयर, इलेक्ट्रोनिक्स समान, तेल, चिनि लगायतका माल समान नेपाल ओसार्ने गरेको छ । अहिले नेपालबाट रक्सी, स्याउ, तुथ पेस्ट, फेयर एण्ड लबली, लगायतका मालसमान भारत पठाउने गरिएको छ । यस कार्यमा महोत्तरीका प्रमुख तस्करहरु महेश यादब, गाइबला मियाँ, संजिब, सपना सिंह, रञ्जित यादब, जानीपुर बाली, रघु, मिठुर लगायत तीन दर्जन भन्दा बढि सान ठुला ब्यापारीहरु संलग्न रहेको छ ।मठियानी नाकाबाट सुजित साह, अमरेश यादब, अलि हसन लहेरी, दिनेश यादब, प्रमोद साह संगै दुई दर्जन ब्यारीहरु लत्ताकपडा, इलेक्ट्रोनिक्स समानहरु, सुर्ति, किराना, भाडा बर्तन, मलखाद, मटर मरिचको ब्यापक रुपमा चोरी तस्करी गरी ल्याउने गरेको छ । त्यस्तै नेपालबाट यिनिहरुले घरेलु तथा सिल प्याक रक्सी, सेउ, तुथ पेस्ट, फेयर एण्ड लबली, लगायतका सरसमान भारत पठाउने गरिएको छ । साभार !