Tuesday, October 22, 2024

निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन्। उनलाई ठगी मुद्दामा शुक्रबार काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

ताजा / भरखरै प्राप्त

प्रहरीका अनुसार ठगी मुद्दामा उनका छोरा सुमित पनि संलग्न रहेको अभियोग छ। उनीहरूविरूद्ध बाँके जिल्ला अदालतले गत वैशाख १० गते पक्राउ गर्न आदेश जारी गरेको थियो। शोभाराम यादवले दिएको जाहेरीका आधारमा हरिनारायण पक्राउ परेका हुन्।

रौनियार पर्सा क्षेत्र नं। ३ बाट निर्वाचित पूर्वसांसद् समेत हुन् । सांसद् रहेकै बेला उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनी संघीय समाजवादी फोरमबाट सांसद् निर्वाचित भएका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles