Tuesday, October 22, 2024

सम्साँझै क्लबमा गएर रमाइलो गर्ने उद्देश्यले निस्केको एउटा समूह आफू–आफूबीचको असमझदारीकै कारण तनाव सृजना हुँदा नेपाल प्रहरी भने हैरानीमा परेको खबर छ । आफूलाई पीडित दावी गर्नेहरुकै अनुसार मंगलबार बेलुकी युवायुवतीको समूह परिवारकै स्वीकृतमा रात्री क्लबमा रमाइलो गर्न निस्कन्छन् । क्लबमा पेय पदार्थको मूल्य महँगो पर्ने भएकाले उनीहरू हल्का ’मापसे’ गर्न सुन्धारास्थित पोखरा लाइनको रारा गेष्ट हाउसमा छिर्छन् ।

ताजा / भरखरै प्राप्त

होटलमा हल्का ’मापसे’ गरी क्लबमा जाने उनीहरूबीच सहमति हुन्छ । आफू–आफू मिलेरै रमाइलो गर्न निस्केका दुई युवती र दुई युवकको समूहले रारा गेष्ट हाउसको माथिल्लो तलामा रहेको कोठामा ’मापसे’ गर्छन्, कोठाभित्रै आफू–आफू हल्काफुल्का गाउने र नाच्ने पनि गर्छन् । त्यहीबीच युवकले एक युवतीमाथि नाच्ने क्रममा ’मिस बिहेव’ गरेको आरोप लाग्छ । श्रीमानकै सल्लाहमा क्लब हिँडेकी युवतीले आफूमाथि ’मिस बिहेव’ भएको जानकारी श्रीमानलाई मोबाइलमा कल गरेर जानकारी गराउँछिन् ।

उनी नाच्न छाडेर रिसाउँदै तल झर्छिन् र होटल सञ्चालकलाई आफूसँग जाने पुरुषलाई बाहिर निस्कन नदिन भन्दै होटल परिसरमै रोक्न निर्देशन दिन्छिन् र भन्छिन, ’पुलिसलाई खबर भइसक्यो ।’ तर, ती युवतीको निर्देशन होटल सञ्चालकले टेर्दैनन् । टेरुन पनि किन ? मध्यरातको एक बजे प्रहरी होटलमा आएको खण्डमा प्रहरीको तिर होटलवालातिरै सोझिन सक्छ । सायद त्यही ठानेर होला, होटलवालाले ती पुरुषलाई रोकछेक गर्दैनन्, पुरुष सरासर बाहिरिन्छन् ।

बरु, त्यसै बेला आफूमाथि होटल सञ्चालकले के–के भनेर मुख छाडेको आरोप ती युवतीले लगाएकी छिन् । त्यसै क्रममा आफ्नो एक तोलामा दुई लाल कमको मंगलसुत्र होटल सञ्चालकले हात हाल्ने क्रममा हराएको दावीसहित कारबाहीका साथै आफ्नो सामानको क्षतिपूर्ति दिलाई भराई दिन प्रहरी वृत्त, जनसेवामा निवेदन सहित पुगेको अवस्था छ ।

उता, प्रहरीले होटल सञ्चालकलाई डाकेर घटना बारे बुझ्दा उल्टै युवतीमाथि दोषारोपण गरिएको र आफ्ना तर्फबाट कुनै हातपात नभएको भन्दै दावीकै कुरा गर्ने हो भने आफ्नो पनि सिक्री हराएको भन्दै निवेदन हाल्ने बताइरहेको अवस्था छ । होटलबाट प्रहरीले प्राप्त गरेको सिसिटीभीमा हातपात भएको वा मंगलसुत्र लगाएर गए नगएको अवस्था देखिन्न । प्रहरी यहीनेर अलमलमा परिरहेको छ ।

होटल व्यवसायीको समूह नै प्रहरी वृत्त, जनसेवा पुगेर सामान्य विषयलाई चर्काएर विवादित तुल्याउने हो भने आफूहरू पनि अघि बढ्ने चनौति दिएका छन् भने आफूलाई पीडित दावी गर्ने युवतीको समूहले नेकपा विप्लवको धम्की र दबाब दिन थालेको अवस्था छ । जनसेवा प्रहरी दुवैतर्फको चेपुवामा पर्दा प्रहरी चौकीमा भीडभाड र तनाव मात्रै सिर्जना भइरहेको अवस्था छ ।

कमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला । धन्यवाद ।

लेखकबाट थप

सम्बन्धित पोस्ट
बुटवलका आगन्तुक सहकारीका अध्यक्ष घर्ती पक्राउ
बुटवलका आगन्तुक सहकारीका अध्यक्ष घर्ती पक्राउ
असार १४, २०८० बिहिबार

प्रधानमन्त्री र आईजीपीको तजबिजीमा बन्छ पक्राउ पर्ने व्यक्तिको सूची !
प्रधानमन्त्री र आईजीपीको तजबिजीमा बन्छ पक्राउ पर्ने व्यक्तिको सूची !
असार १४, २०८० बिहिबार

मजदुरको रकममा मिटरब्याज असुल्ने एक महिला पक्राउ
मजदुरको रकममा मिटरब्याज असुल्ने एक महिला पक्राउ
असार १४, २०८० बिहिबार

नेपालबहस ट्रेन्डिङ
विशेष अदालतमाथि अर्को प्रश्न, कुल सम्पत्ति नै ८ करोड ठहरिदाँ कसरी भयो ६ अर्बको भ्रष्टाचार ?
विशेष अदालतमाथि अर्को प्रश्न, कुल सम्पत्ति नै ८ करोड ठहरिदाँ कसरी भयो ६ अर्बको भ्रष्टाचार ?
नेपालबहस संवाददाता

असार १४, २०८० बिहिबार

प्रधानमन्त्री र आईजीपीको तजबिजीमा बन्छ पक्राउ पर्ने व्यक्तिको सूची !
प्रधानमन्त्री र आईजीपीको तजबिजीमा बन्छ पक्राउ पर्ने व्यक्तिको सूची !
नेपालबहस संवाददाता

असार १४, २०८० बिहिबार

झापाको दमकमा भट्टराई छोरीबुहारी सञ्जालले मनायो राष्ट्रिय धान दिवस
झापाको दमकमा भट्टराई छोरीबुहारी सञ्जालले मनायो राष्ट्रिय धान दिवस
यज्ञप्रसाद भट्टराई

असार १५, २०८० शुक्रबार

पक्राउ पुर्जी बोकेर अख्तियारका पूर्व प्रमुख दीप बस्न्यात खोजी गर्दै प्रहरी
पक्राउ पुर्जी बोकेर अख्तियारका पूर्व प्रमुख दीप बस्न्यात खोजी गर्दै प्रहरी
नेपालबहस संवाददाता

असार १५, २०८० शुक्रबार

लोकप्रिय
साँझमा रमाइलो गर्न निस्कँदा मध्यरातमा तनाव !

साँझमा रमाइलो गर्न निस्कँदा मध्यरातमा तनाव !
असार १६, २०८० शनिबार

मारुती सिमेन्टको ठगीधन्दा पर्दाफासः उद्योग सञ्चालक राठी छोरा लिएर फरार, व्यापार प्रबन्धक पक्राउ

मारुती सिमेन्टको ठगीधन्दा पर्दाफासः उद्योग सञ्चालक राठी छोरा लिएर फरार, व्यापार प्रबन्धक पक्राउ
असार १६, २०८० शनिबार

अति भैसक्यो, अब त छानविन गर्ला कि हवाई अड्डाका महानिर्देशक अधिकारीलाई अख्तियारले ?

अति भैसक्यो, अब त छानविन गर्ला कि हवाई अड्डाका महानिर्देशक अधिकारीलाई अख्तियारले ?
असार १६, २०८० शनिबार

छुटाउनुभयो कि?

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles