Tuesday, January 21, 2025

भैरहवा । लुम्बिनीका क्रसर उद्योगीहरु आन्दोलित हुँदै क्रसर उद्योग नै बन्द गर्ने घोषणा गरेका छन । सरकारको अव्यवहारिक निर्णयले नवीकरण हुन नसकेको भन्दै लुम्बिनी प्रदेशका सबै उद्योगीले असार १६ गते देखि उद्योग बन्द गर्ने जानकारी गराएका हुन् ।

ताजा / भरखरै प्राप्त

विगत १० वर्ष देखि नेपाल सरकारबाट जारी भएका अव्यवहारिक निर्णयहरूको कारण निरन्तर उद्योगहरूको नवीकरण सम्बन्धी समस्या झेल्दै आएको बताउँदै उनीहरूले नेपाल सरकारबाट कानुन बमोजिम दर्ता भई इजाजत लिई सञ्चालनमा रहेका क्रसर, खानी तथा बालुवा उद्योगहरू २०८० असार १५ गते भित्र नवीकरण गर्न मातहतका निकायहरूलाई लिखित स्पष्ट निर्देशन नभएको खण्डमा यस लुम्बिनी प्रदेश क्रसर व्यवसायी संघ वाध्य भई २०८० असार १६ गतेदेखि हाम्रा प्रदेशका सम्पूर्ण क्रसर, खानी तथा बालुवा उद्योगहरूको बिक्री वितरण कार्य तथा उत्पादन कार्य ठप्प गरी अनिश्चितकालको लागि बन्द गर्ने निर्णयमा पुगेको लुम्बिनी प्रदेश क्रसर व्यवसायी संघका अध्यक्ष गोपाल ज्ञवालीले बताए ।

नेपाल सरकार, गृह मन्त्रालयले मिति २०७९ पुष २० गतेबाट क्रसर, बालुवा तथा खानी उद्योग बन्द गराई नेपाल सरकारको तर्फबाट छानविन गरी कानुन बमोजिम अनुमति इजाजत लिएका उद्योगहरूको विवरण नै सार्वजनिक गरेको थियो ।

नेपाल सरकार मन्त्रिपरिषदको बैठक ले दर्ता भई सञ्चालनमा रहेका, मापदण्ड लगायतका कारण नवीकरण हुन नसकेका क्रसर उद्योगहरूको हकमा ती उद्योगबाट कानुन बमोजिम लाग्ने कर, दस्तुर शुल्क लगायतका राजश्व लिई २०८० असार मसान्तसम्म यथावत रुपमा सञ्चालन गर्ने निर्देशन समेत भएको थियो ।

निर्णय अनुसार नेपाल सरकारले तोकिएको निकायबाट हालसम्म कुनै पनि निर्देशन कार्यान्वयन नभएर उद्योगहरू नवीकरण नभएका र उद्योगी व्यवसायीहरू जिल्ला जिल्लामा रहेका नेपाल सरकारको सम्बन्धित निकाय घरेलु तथा साना उद्योग कार्यालयमा कर, दस्तुर शुल्क लगायतका राजश्व रकम बुझाउन जाँदा पत्रमा नवीकरणको भाषा स्पष्ट नभएको कारण जनाई रकम बुझ्न नमानेको र उद्योगहरू नवीकरण समेत नभएकोले बाध्य भएर आन्दोलित हुन परेको संघका केन्द्रीय उपाध्यक्ष चन्द्रमणि अधिकारीले बताए ।

कच्चा पदार्थको रुपमा रहेका ढुङ्गा, गिट्टी, बालुवा उत्खनन कार्य र तिनै कच्चा पदार्थहरू कसिङ्ग प्रशोधन गर्ने गरी उद्योग संचालन गर्ने कार्य दुई छुट्टाछुट्टै उद्देश्य र प्रकृतिको कार्य हुन । कच्चा पदार्थ उत्खनन कार्यलाई क्रसर उद्योग संचालनसँगै जोडेर मूल्यांकन गर्न नमिल्ने हुँदा उत्खनन कार्य स्थानीय सरकारमार्फत र कसर उद्योग संचालन कार्य उद्योग मन्त्रालय मार्फत नै व्यवस्थापन गर्ने व्यवस्था मिलाउन समेत उनीहरूले माग गरेका छन । अर्बौं लगानी भएको क्रसर उद्योग देशभर ६ सय र लुम्बिनी प्रदेशमा मात्रै करिब १५० वटा रहेका छन ।

क्रसर

अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला । धन्यवाद ।

लेखकबाट थप

सम्बन्धित पोस्ट
‘श्रम उत्सव’मा विप्लवले उडाए ड्रोन, १०० बिगाहमा धान रोपाइँ, (फोटोफिचर)
‘श्रम उत्सव’मा विप्लवले उडाए ड्रोन, १०० बिगाहमा धान रोपाइँ, (फोटोफिचर)
असार १५, २०८० शुक्रबार

एक लाख १८ हजार बिरुवा निःशुल्क वितरण गर्दै
एक लाख १८ हजार बिरुवा निःशुल्क वितरण गर्दै
असार १४, २०८० बिहिबार

हाइमस्ट लाइट खरिदमै घोटाला, तामझामका साथ गरिएको उज्यालो भोलिपल्ट फेरि अँध्यारो
हाइमस्ट लाइट खरिदमै घोटाला, तामझामका साथ गरिएको उज्यालो भोलिपल्ट फेरि अँध्यारो
असार १२, २०८० मंगलबार

असार १४, २०८० बिहिबार

प्रधानमन्त्री र आईजीपीको तजबिजीमा बन्छ पक्राउ पर्ने व्यक्तिको सूची !

Previous article
ट्राफिक इन्स्पेक्टर कठायतसँगै ३ जना सम्मानितरौतहट । मधेस प्रदेशमा उत्कृष्ट हुने एक जना ट्राफिक प्रहरी इन्स्पेक्टरसँगै तीन जना नगद पुरस्कार सहित कदरपत्रबाट सम्मानित भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटकी प्रमुख इन्स्पेक्टर विमला कुमारी कठायत, प्रदेश ट्राफिक प्रमुख कार्यालय पथलैयामा कार्यरत असई दीपक कुमार बस्नेत र ट्राफिक प्रहरी पर्सामा कार्यरत सहायक हवलदार राजकुमार कलवार सम्मानित भएका हुन्। ढल्केवर स्थित शनिबार एक समारोहबीच नाडाका अध्यक्ष डाक्टर ध्रुव थापा, अटमोवाईलस एसोसिएसन नेपालका अध्यक्ष केदार अग्रवाल र मधेस प्रदेश ट्राफिक प्रमुख एसपी सन्तोष कुमार भट्टराईले संयुक्त रूपमा १० हजार नगद सहित कदर पत्रबाट उनीहरूलाई सम्मानित गरिएको थियो।इन्स्पेक्टर कठायत लगायत तीनै जना ट्राफिक सेवामा रही पुर्‍याएको विशेष योगदानको उच्च मुल्यांङ्कन सहित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया वाराका प्रमुख एसपी सन्तोष कुमार भट्टराईले उक्त पुरस्कारको लागि नाम सिफारिस गरेका थिए । मधेस प्रदेशले प्रत्येक वर्ष ट्राफिक प्रहरीमा उत्कृष्ट हुने ३ जनालाई सम्मानित गर्दै आएको ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ। कार्यक्रममा मधेस प्रदेशका व्यापारी तथा प्रहरी प्रमुखको सहभागिता रहेको थियो।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles