उनलाई प्रहरीले खोज्नुको कारण हो, गुणस्तरहीन सिमेन्ट उत्पादन गरेर उपभोक्तालाई ठगी गर्नु । यस उद्योगबाट उत्पादन हुने सिमेन्टको गुणस्तर नपुगेको भन्दै पटक पटक उजुरी परे पनि सम्बन्धित निकायले कारबाही गरेको थिएन । गुणस्तरका कर्मचारीलाई रकम खुवाएर राठीले कमसल सिमेन्ट बजारमा पठाउँदै आएका थिए ।
पछिल्लो समय सप्तरीमा मारुती सिमेन्टका सञ्चालकले आपराधिक कार्य गरी उपभोक्तालाई विश्वासघात गरेको उजुरी परेपछि प्रहरीले पक्राउ पुर्जी जारी गरी राठीको खोजी गरिरहेको छ । सञ्चालकका बाबुछोरा नै भागपछि मारुती सिमेन्ट उद्योगका व्यापार प्रबन्धक ज्योति जोशीलाई सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ । सोही मुद्दामा पक्राउ पुर्जी जारी भएका मारुती सिमेन्ट उद्योगका सञ्चालक नन्दकिशोर राठी र उनका छोरा उद्योगका प्रबन्ध निर्देशक अनुज राठीसहित ७ जना अहिले फरार छन् ।
राजविराज–४ का दिवाकर साहले दिएको जाहेरीका आधारमा जिल्ला अदालत सप्तरीबाट पक्राउ पुर्जी जारी भई मारुती सिमेन्टका व्यापार प्रबन्धक ज्योति जोशीलाई तीन दिनअघि नियन्त्रणमा लिएको सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए । प्रहरीले बुधबार नै पाँच दिनको म्याद थप गराई उनीमाथि अनुसन्धान गरिरहेको छ ।
राजविराज–४ का दिवाकर साहले आफ्नो घर निर्माणका क्रममा मारुती सिमेन्टको प्रयोग गरेको र सो सिमेन्ट प्रयोग गरी घर बनाउने क्रममा मसल बनाउँदा सिमेन्टको बढी परिणाम राख्दा पनि इटा नसमातेको र बनाएको भर्याङ नै लडेपछि सिमेन्ट गुणस्तरहीन भएको भन्दै जिल्ला प्रहरी कार्यालय सप्तरीमा ठगी आपराधिक विश्वासघात मुद्दामा जाहेरी दिएका थिए ।
सोही जाहेरीका आधारमा पक्राउ पुर्जी जारी भई जोशीलाई विराटनगरबाट पक्राउ गरी सप्तरी ल्याइएको छ । प्रहरी अनुसार उक्त मुद्दामा मारुती सिमेन्टका प्रमुख सञ्चालक नन्दकिशोर राठी, प्रबन्ध निर्देशक अनुज राठी, मारुती सिमेन्टका प्रतिनिधि लक्ष्मीप्रसाद सिवाकोटी, डिलर सञ्जय साह, सिमेन्ट बिक्री वितरण गर्ने राजविराज २ का नरेश साहसहित अजयकुमार साह फरार रहेको सप्तरी प्रहरीले जनाएको छ । अदालतबाट पक्राउ पुर्जी जारी भएका उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ ।
गुणस्तरहीन सिमेन्टका कारण आफ्नो भर्याङ ढलेको तथा घर नै क्षतिग्रस्त भएको राजविराज–४ का दिवाकर साहको भनाइ छ । घरधनी साहले क्षतिपूर्तिको माग गरेपछि त्यसमा कुरा नमिल्दा उनी प्रहरीमार्फत मुद्दा प्रक्रियामा गएका हुन् । प्रहरी उजुरी परेको थाहा पाउनासाथ राठी भागेका हुन् । अहिले उनी भारतमा लुकेर बसेको अनुमान गरिएको छ । बाँकी अरू पनि भारत तिरै भागेको बताइएको छ ।
अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
लेखकबाट थप
सम्बन्धित पोस्ट
अति भैसक्यो, अब त छानविन गर्ला कि हवाई अड्डाका महानिर्देशक अधिकारीलाई अख्तियारले ?
अति भैसक्यो, अब त छानविन गर्ला कि हवाई अड्डाका महानिर्देशक अधिकारीलाई अख्तियारले ?
असार १६, २०८० शनिबार
एक्कासी हिलाम्मे मकैवारीमा ल्याण्ड भयो हेलिकप्टर !
एक्कासी हिलाम्मे मकैवारीमा ल्याण्ड भयो हेलिकप्टर !
असार १६, २०८० शनिबार
संघको प्रश्न, गलैँचामा भ्याट किन ?
संघको प्रश्न, गलैँचामा भ्याट किन ?
असार १३, २०८० बुधबार
असार १४, २०८० बिहिबार
प्रधानमन्त्री र आईजीपीको तजबिजीमा बन्छ पक्राउ पर्ने व्यक्तिको सूची !
प्रधानमन्त्री र आईजीपी