Monday, February 17, 2025

५०० दरका १८० वटा नक्कली नोटसहितएक जना पक्राउ -:

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरीले ५०० दरका १८० वटा नक्कली नोटसहित एक लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका १ स्थायी घर भई हाल ललितपुरको ईमाडोल बस्ने वर्ष ४२ का प्रशान्त भन्ने पासाङ भोम्जन रहेका प्रहरीले जनाएको छ ।
उनलाई काठमाडौं उपत्यकाको बिभिन्न स्थानमा नक्कली नोटहरुको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले इमाडोलबाटै पक्राउ गरेको कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले जानकारी दिए । उनको बारेमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ,!

Previous article
गण्डक नहरमा धान रोप्ने सिजनमा पानी आएनवीरगंज। पर्सा, बारा र रौतहटसम्म फैलिएको गण्डक नहरमा पानी आएको छैन। भारतीय पक्षले पानी नछाड्दा पानी नआएको हो। गण्डक नहर व्यवस्थापन गर्ने निकाय नारायाणी सिँचाईका सूचना अधिकारी एवं इन्जिनियर सुरेशप्रसाद साहका अनुसार भारतीय पक्षले भारतीय नहरमा मर्मत भइरहेको बताउँदै पूर्णरुपमा पानी छाडेको छैन।धान रोपाइँका लागि गण्डक नहरमा असार १५ देखि पानी दिनुपर्ने नियम छ। तर भारतले पानी नदिँदा पर्सा र बाराका किसानको रोपाइँ प्रभावित भएको छ।भारतसँगको गण्डक सम्झौता अनुसार गहुँबालीको लागि पुस १ मा र धानबालीको लागि असार १५ मा ८ सय ५० क्युसेक पानी भारतीय पक्षले दिइसक्नु पर्छ।भारतको झमरी नदीमा नहरको संरचनामा लिकेज भएको भन्दै हाल भारतीय पक्षले नहरको मर्मत सम्भारको काम गरिरहेको छ। यो स्थान नेपाल-भारत सीमाबाट करिब १२ किमि पश्चिममा पर्छ। हाल गण्डक नहरमा भारतीय पक्षले जम्मा २ सय क्युसेक पानी छोडेको छ।उक्त पानीले किसानको गर्जो टार्न नसक्ने नारायणी सिचाइँ व्यवस्थापन कार्यालय वीरगंजका प्रमुख मनोरञ्जनकुमार सिंहले बताए। ‘एक साताभित्रै कम्तिमा गण्डक नहरमा ५ सय क्यूसेक पानी हामीलाई चाहिन्छ। भारतीय पक्षले चार-पाँच दिनभित्रै पानी जान्छ भनेका छन्’-उनले भने।नेपालतर्फ भने मुख्य नहर प्रणाली तथा सहायक प्रणालीहरुमा मर्मत सम्भारको काम सम्पन्न भई अब पानीको प्रतीक्षा मात्र गरिएको उनले बताए। नहरको मुख्य संरचना पर्सा, बारा र रौतहटमा गरी करिब २ दर्जन गेटको मर्मत सम्भारको काम पुरा भएको उनले जानकारी दिए।उनका अनुसार नहरमा बाराको जमुनीमा ४ वटा स्केप गेट परिवर्तन र रौतहटमा चेक गेट हेड रेगुलेटरको मर्मतको काम सम्पन्न भइसकेको छ।पानीको अभावले धान रोपाइँ गर्न नसकेको पर्साको वीरगंज-२१ पटेलनगरका रामप्रवेश पटेल बताउँछन् । उनले भने- ‘सबै किसान पानीको पर्खाइमा छन्, पानी आउनेबितिकै रोपाइँ शुरु हुन्छ।’गण्डक ब्यारेजको निर्माण भारतले गरेकाले सञ्चालन पनि भारतीय पक्ष आफैंले गर्छ। उसले ब्यारेजबाट नेपालभन्दा भारतीय भूमिमा बढी पानी लैजाने गरेको छ। सन् १९७५ र ७६ मा दुई चरणमा भारत सरकारले नेपाल सरकारलाई गण्डक नहर हस्तान्तरण गरेको थियोे।गण्डक नहरबाट पर्सा, बारा र रौतहट गरी तीन वटा जिल्लामा गरी ३७ हजार ४ सय हेक्टर जग्गा सिंचित गर्ने लक्ष्यका साथ निर्माण भएकोमा भारतले हरेक वर्ष कुनै न कुनै कारण देखाइ नेपाललाई पानी दिन ढिलाइ गर्ने गरेको छ। नवलपरासीको भैंसालोटनममा निर्मित ब्यारेजबाट भारतीय पक्षले गण्डक नहरमा पानी छोड्ने गर्छ।यो नहर पर्साको जगरनाथपुर गाउँपालिकाको जानकी टोलाबाट नेपालमा प्रवेश गर्छ। पर्सा, बारा र रौतहट सम्म बग्ने गण्डक नहरको लम्बाई ८१ किलोमिटर छ भने कूल लम्बाइमा १५ वटा ब्लक छन्। तर, अहिले पर्सा र बाराको गरी ११ नम्बर ब्लकसम्म मात्रै पानी जाने गर्छ। साभार ,!
Next article
थुनुवा भागेपछि बर्दियामा दुई प्रहरी निलम्बितबर्दिया, जिल्ला प्रहरी कार्यालय बर्दियाले ३ जना प्रहरीलाई कारबाही गरेको छ। इलाका प्रहरी कार्यालय ढोढरीको हिरासतबाट २ जना थुनुवा भागेपछि आइतबार ३ जनालाई कारबाही गरेको एसपी सुधीरराज शाहीले जानकारी दिए। शुक्रबार बिहान सवा ६ बजे ढोढरीको हिरासतबाट दुई जना थुनुवा फरार भएका थिए। त्यस घटनामा प्रहरीको कमजोरी देखिएपछि २ जवानलाई कारबाहीस्वरूप निलम्बन गरेको उनले बताए। यस्तै ड्युटी अफिसरको रूपमा रहेका प्रहरी सहायक निरीक्षकलाई पनि निलम्बन गर्न लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा सिफारिस गरेको उनले बताए।‘दुई जवानलाई आजै निलम्बित गरेका छौं,’ एसपी शाहीले भने, ‘ड्युटी अफिसरलाई निलम्बन गर्न प्रदेश प्रहरी कार्यालय समक्ष सिफारिस गरेका छौं।’प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यालयले नै निलम्बन गर्ने अधिकार छ। असईको हकमा प्रदेश प्रहरी कार्यालयले गर्नुपर्ने भएकाले सिफारिस गरेको हो।ज्यान मार्ने उद्योग सम्बन्धी कसूरमा असार ८ गते पक्राउ परेका मधुवन-८ का १९ वर्षीय अजय नेपाली र २० वर्षीय राजा नेपाली भागेका थिए।एसपी शाहीले बिहीबार राति कार्यालयमा बत्ती गएपछि ड्युटीमा खटिएका प्रहरीले उनीहरूलाई उज्यालो ठाउँमा खाना खुवाउन बाहिर निकालेका थिए। हिरासत कक्ष खोलेर ती प्रहरीले चाबीको झुप्पा भने त्यहीँ भुलेका थिए।ड्युटीमा खटिएको प्रहरीले भुलेको चाबी अजय र राजाले चोरेका थिए। शुक्रबार बिहान प्रहरीको ड्युटी परिवर्तन भएको मौका पारेर उनीहरूले चाबीले ताला खोलेर हिरासतबाट भागेका थिए।प्रहरीले शुक्रबार बेलझुण्डी सामुदायिक वनबाट शुक्रबार मध्यान्ह १२:५०मा अजयलाई पक्राउ गरेको थियो। यस्तै डाँडे सामुदायिक वनबाट शनिबार बिहान ८:४० बजे राजालाई पक्राउ गरेको हो।उनीहरू दुबै जनालाई प्रहरी कार्यालयबाट अन्दाजी ६ किलोमिटर टाढा जंगलमा फेला पारी पक्राउ गरेको थियो।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles