Tuesday, October 22, 2024

आईजीपी बसन्त कुँवरद्वारा नेपाल प्रहरी शिक्षालय चितवनको निरीक्षण तथा निर्देशन

ताजा / भरखरै प्राप्त

काठमाडौ ,१६ असार ।

नेपाल प्रहरी प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती लक्ष्मी कुँवरबाट नेपाल प्रहरी शिक्षालय चितवनको परिसरमा आयोजना गरिएको वृक्षारोपण कार्यक्रममा सहभागी हुनुका साथै प्रहरी महानिरीक्षक बाट कार्यरत सिनियर प्रहरी अधिकृतहरु लगायत सम्पुर्ण प्रशिक्षक वर्गलाई निर्देशन सम्बोधन प्रदान गर्नु भएको थियो ।

उक्त अवसरमा उपस्थित सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन प्रदान गर्ने क्रममा नेपाल प्रहरी सेवाको निष्ठा र मर्यादालाई मनन गरी बदलिदो परिवेश तथा चुनौतीहरुलाई सामना गर्न आफ्ना जिम्मेवारीहरु र उत्तरदायित्वप्रति कटिवद्ध भई निष्पक्षरुपमा नागरिक सेवामा कटिबद्ध हुन निर्देशन प्रदान गर्नु भएको थियो ।

साथै प्रहरी कर्मचारीहरुमा निहित सिप र अनुभवलाई सकारात्मक तवरमा समग्र संगठनको सर्वोपरी हितलाई मध्यनजर गर्दै व्यवसायिक स्वार्थमा प्रयोग गर्नु पर्ने र आफ्नो जिम्मेवारीलाई गुणस्तरिय रुपमा सम्पादन गर्नका लागि आफ्नो बोली अनुसारको कार्यसम्पादन गर्दा नै संगठनको श्रीबृद्धि हुने भएकाले व्यक्तीगत स्वार्थलाई टाढा राखेर व्यवसायिक स्वार्थका लागी निष्ठापुर्वक, व्यवसायिक दृढता र सकारात्मक सोचका साथ अगि वढ्नु पर्ने आजको आवश्यकता र नागरिक चाहाना पनि छ, त्यसैले नेपाल प्रहरीका प्रशिक्षण प्रदायक संस्थाहरुले नव आगन्तुकहरुलाई असल र व्यवसायिक संस्कार र दृष्टिकोण प्रदान गर्नका लागी हरेक कमाण्डर सवै भन्दा पहिले आफु नमुना बन्नु पर्छ ।

सभार: समाजिक संजाल ईश्वर दुलाल

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles