Friday, July 4, 2025

आफ्नो जिम्मेवारी र उत्तरदायित्वप्रति कटिबद्ध भई नागरिक सेवामा लाग्नुपर्ने – प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर

ताजा / भरखरै प्राप्त

चितवन, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी सेवाको निष्ठा र मर्यादालाई मनन गरी बद्लिदो परिवेश तथा चुनौतिलाई सामना गर्न आफ्नो जिम्मेवारी र उत्तरदायित्वप्रति कटिवद्ध भई निष्पक्षरूपमा नागरिक सेवामा लाग्नुपर्ने बताउनुभएको छ ।
नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनमा कार्यरत प्रहरी कर्मचारीहरू लगायत सम्पूर्ण प्रशिक्षकहरूलाई शनिबार निर्देशन दिँदै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताउनुभएको हो ।
प्रहरी कर्मचारीहरूमा निहित सिप र अनुभव तथा जिम्मेवारीलाई गुणस्तरिय रूपमा सम्पादन गर्दा नै संगठनको श्रीबृद्धि हुने उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, ‘व्यावसायिक स्वार्थका लागि निष्ठा, दृढता र सकारात्मक सोचका साथ अगाडि बढ्नु पर्ने आजको आवश्यकता र नागरिक चाहना पनि हो ।’ नेपाल प्रहरीका प्रशिक्षण प्रदायक संस्थाहरुले नव आगन्तुकहरुलाई असल र व्यावसायिक संस्कार र दृष्टिकोण प्रदान गर्नका लागि हरेक कमाण्डर सबै भन्दा पहिले आफै नमूनाको रूपमा प्रस्तुत हुनुपर्नेमा उहाँले जोड दिनुभयो । आन्तरिक शुद्धिकरणमा शून्य सहनशिलताको नीतिलाई अंगिकार गर्दै जनमुखी र व्यवसायिक दक्षता हासिल गर्नेतर्फ सबै प्रहरी कर्मचारीहरू अग्रसर हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
नेपाल प्रहरी शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक निशान थापाले शिक्षालयको विविध पक्ष समेटिएको प्रस्तुतीकरण प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले शिक्षालय परिसरमा वृक्षरोपण समेत गर्नुभएको थियो ।
यसैगरी प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले शनिबार जिल्ला प्रहरी कार्यालय चितवनको निरीक्षण भम्रण गर्नुका साथै जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी कर्मचारीहरू एवम् मातहत ईकाइ प्रमुखहरूलाई समसामहिक बिषयमा आवश्यक निर्देशन दिनुभयो ।साभार

Previous article
थुनुवा भागेपछि बर्दियामा दुई प्रहरी निलम्बितबर्दिया, जिल्ला प्रहरी कार्यालय बर्दियाले ३ जना प्रहरीलाई कारबाही गरेको छ। इलाका प्रहरी कार्यालय ढोढरीको हिरासतबाट २ जना थुनुवा भागेपछि आइतबार ३ जनालाई कारबाही गरेको एसपी सुधीरराज शाहीले जानकारी दिए। शुक्रबार बिहान सवा ६ बजे ढोढरीको हिरासतबाट दुई जना थुनुवा फरार भएका थिए। त्यस घटनामा प्रहरीको कमजोरी देखिएपछि २ जवानलाई कारबाहीस्वरूप निलम्बन गरेको उनले बताए। यस्तै ड्युटी अफिसरको रूपमा रहेका प्रहरी सहायक निरीक्षकलाई पनि निलम्बन गर्न लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा सिफारिस गरेको उनले बताए।‘दुई जवानलाई आजै निलम्बित गरेका छौं,’ एसपी शाहीले भने, ‘ड्युटी अफिसरलाई निलम्बन गर्न प्रदेश प्रहरी कार्यालय समक्ष सिफारिस गरेका छौं।’प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यालयले नै निलम्बन गर्ने अधिकार छ। असईको हकमा प्रदेश प्रहरी कार्यालयले गर्नुपर्ने भएकाले सिफारिस गरेको हो।ज्यान मार्ने उद्योग सम्बन्धी कसूरमा असार ८ गते पक्राउ परेका मधुवन-८ का १९ वर्षीय अजय नेपाली र २० वर्षीय राजा नेपाली भागेका थिए।एसपी शाहीले बिहीबार राति कार्यालयमा बत्ती गएपछि ड्युटीमा खटिएका प्रहरीले उनीहरूलाई उज्यालो ठाउँमा खाना खुवाउन बाहिर निकालेका थिए। हिरासत कक्ष खोलेर ती प्रहरीले चाबीको झुप्पा भने त्यहीँ भुलेका थिए।ड्युटीमा खटिएको प्रहरीले भुलेको चाबी अजय र राजाले चोरेका थिए। शुक्रबार बिहान प्रहरीको ड्युटी परिवर्तन भएको मौका पारेर उनीहरूले चाबीले ताला खोलेर हिरासतबाट भागेका थिए।प्रहरीले शुक्रबार बेलझुण्डी सामुदायिक वनबाट शुक्रबार मध्यान्ह १२:५०मा अजयलाई पक्राउ गरेको थियो। यस्तै डाँडे सामुदायिक वनबाट शनिबार बिहान ८:४० बजे राजालाई पक्राउ गरेको हो।उनीहरू दुबै जनालाई प्रहरी कार्यालयबाट अन्दाजी ६ किलोमिटर टाढा जंगलमा फेला पारी पक्राउ गरेको थियो।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles