Thursday, November 14, 2024

गिरिजाप्रसाद कोइरालाको १००औँ जन्मजयन्ती मनाइँदै -:

ताजा / भरखरै प्राप्त

नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दी विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ ।विसं १९८१ असार १८ गते जन्मिएका कोइरालाको विसं २०६६ चैत ६ गते निधन भएको थियो ।जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले रक्तदान, फलफूल वितरण, विचार गोष्ठी, दीपप्रज्वलनलगायतका कार्यक्रम राखेका छन् ।
पूर्व सभापति कोइरालाले सशस्त्र विद्रोह सञ्चालन गरेको तत्कालीन नेकपा (माओवादी)लाई शान्तिपूर्ण राजनीतिका मूलधारमा समाहित गराउन र गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका खेलेका थिए ।मुलुकमा पाँच पटक प्रधानमन्त्री र लामो समय कांग्रेसको पार्टी सभापति भएर काम गरेका थिए ।

Previous article
ट्राफिक इन्स्पेक्टर कठायतसँगै ३ जना सम्मानितरौतहट । मधेस प्रदेशमा उत्कृष्ट हुने एक जना ट्राफिक प्रहरी इन्स्पेक्टरसँगै तीन जना नगद पुरस्कार सहित कदरपत्रबाट सम्मानित भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटकी प्रमुख इन्स्पेक्टर विमला कुमारी कठायत, प्रदेश ट्राफिक प्रमुख कार्यालय पथलैयामा कार्यरत असई दीपक कुमार बस्नेत र ट्राफिक प्रहरी पर्सामा कार्यरत सहायक हवलदार राजकुमार कलवार सम्मानित भएका हुन्। ढल्केवर स्थित शनिबार एक समारोहबीच नाडाका अध्यक्ष डाक्टर ध्रुव थापा, अटमोवाईलस एसोसिएसन नेपालका अध्यक्ष केदार अग्रवाल र मधेस प्रदेश ट्राफिक प्रमुख एसपी सन्तोष कुमार भट्टराईले संयुक्त रूपमा १० हजार नगद सहित कदर पत्रबाट उनीहरूलाई सम्मानित गरिएको थियो।इन्स्पेक्टर कठायत लगायत तीनै जना ट्राफिक सेवामा रही पुर्‍याएको विशेष योगदानको उच्च मुल्यांङ्कन सहित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया वाराका प्रमुख एसपी सन्तोष कुमार भट्टराईले उक्त पुरस्कारको लागि नाम सिफारिस गरेका थिए । मधेस प्रदेशले प्रत्येक वर्ष ट्राफिक प्रहरीमा उत्कृष्ट हुने ३ जनालाई सम्मानित गर्दै आएको ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ। कार्यक्रममा मधेस प्रदेशका व्यापारी तथा प्रहरी प्रमुखको सहभागिता रहेको थियो।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles