Thursday, November 14, 2024

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोशी प्रदेशमा सरकार गठनबारे देखिएको अन्यौलताका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग जानकारी मागेका छन् । कोशीमा सरकार बनाउनका लागि कुनै पनि पक्षको आवश्यक बहुमत नपुग्ने अवस्था सिर्जना भएपछि अहिले मध्यावधिमा जाने चर्चा पनि भइरहेकाे छ ।

ताजा / भरखरै प्राप्त

सोमबार प्रधानमन्त्री प्रचण्डसँग देउवाले कोशीमा सरकार बन्न नसक्ने देखिएको बताएका छन् । यसबारे तपाइले किन कुनै पनि पक्ष कुरा नगरेको भन्दै प्रश्न गरेका थिए । देउवाले अरू प्रदेश र कोशीको अवस्था फरक भएको भन्दै सरकार बनाउन नेकपा एमाले र राप्रपासँग छलफल गर्नुपर्ने बताएका थिए । देउवाले कोशीमा केन्द्रले हस्तक्षेप नगरेसम्म सरकार नबन्ने बताएपछि प्रधानमन्त्रीले गठबन्धनको बैठक बोलाएका छन् ।

कोशीमा देखिएको अन्यौलताबारे अहिलेसम्म कुनै पनि दलका नेताले चासो देखाएका छैनन् । प्रदेश स्तरमै दलहरू एक अर्कालाई मिलाउने प्रयास पनि गरिरहेका छन् । तर, कतै बाट जोड्दा पनि गठबन्धनले राप्रपाको साथ विना सरकार बनाउन सक्ने देखिएको छैन । प्रदेश तहमा कुनै पनि दलले नेतृत्व लिएर सरकार बनाउन नसक्ने अवस्था देखिएपछि केन्द्रका शीर्ष नेताबीच छलफल हुनुपर्ने थियो ।

यो पनि भएको छैन भने प्रधानमन्त्रीले पनि चासो नदेखाएपछि देउवाले कोशीमा सरकारबारे किन विपक्ष दलसँग छलफल नगरेको भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए । प्रधानमन्त्री प्रचण्ड र देउवाबीच मध्यान्ह फोनमा कुराकानी भएको थियो । देउवा आफैले फोन लगाएका थिए । कोशीको समस्या समाधानका लागि एमाले अध्यक्ष ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसँग बसेर छलफल गर्नुपर्ने देउवाको भनाइ छ ।

भर्खरै एमाले नेतृत्वको सरकार गएकाले पनि अध्यक्ष ओलीले कसरी अरु दलले सरकरा बनाउने रहेछ भने हेरिरहेकाे अवस्था छ भने राप्रपा अध्यक्ष लिङदेन पनि यही मौकामा कोशीमा राप्रपा नेतृत्वको सरकार बनाउन सकिन्छ भनेर च्याँखे थापिरहेका छन् । जसले गर्दा अन्यौलता बढिरहेको छ ।

यसबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दैछ । कांग्रेस सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले पनि प्रधानमन्त्री र देउवाबीच कुरा भएपछि दिउँसो चार बजेका लागि बैठक बोलाइएको बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा कोशी प्रदेशमा नयाँ सरकार गठनको विषय छलफल एजेन्डा रहेको छ ।

विश्वासको मत पाउन नसक्दा शुक्रबार एमाले नेतृत्वको सरकार ढलेपछि कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि असार २१ गते साँझ ५ बजेभित्र दाबी पेस गर्न प्रदेश प्रमुख खापुङको आह्वान छ । ९३ सदस्यीय प्रदेशसभामा गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीको एक गरी ४७ सांसद छन् ।

केन्द्रीय सत्ता गठबन्धन सम्बद्ध जसपाले पहिचान पक्षधरको आन्दोलनको सम्बोधन नहुन्जेल कुनै पनि दललाई सरकार गठनका लागि समर्थन नगर्ने अडानमा लिएको छ । साथै सरकारको नेतृत्व कांग्रेस र माओवादीमध्ये पहिले कसले गर्ने भनेर विवाद छ । यसको टुंगो लगाउन कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादीका नेता छलफल गरिरहेका छन् । तर, सम्भव भएको छैन् ।

सत्ता गठबन्धनमा भएको छलफलले मात्र कोशीको समास्या समधान हुने अवस्था देदिैन् । सभामुखलाई भोट हाल्न कसले बाध्य बनाउने भन्ने पनि छ । एकातिर राप्रपाले काँग्रेस दलका नेता थापालाई मुख्यमन्त्रीमा सहयोग नै नगर्ने भनिरहेको छ भने अर्कोतिर ४७ सांसद पुर्याउन सवैलाई कठिन छ । यहीबीचमा काँग्रेसले ३० दिनका लागि मुख्यमन्त्री बन्ने रणनीतिमा छ । तर, सरकार निर्माणको दाबी गर्दै पहिले राप्रपासमेतको समर्थन लिएर जानुपर्ने हुन्छ ।

सुरुमा काँग्रेस, माओवादी, नेकपा एस र जसपाले मुख्यमन्त्री कसको भन्ने विषयमा टुङ्गो लगाउनु पर्ने थियो तर छलफल नै उल्टो भइरहेको छ । गठबन्धनमा पहिले कसको नेतृत्वमा सरकार बनाउने भन्ने विषयमा छलफल टुङ्ग्याउनु आवश्यक छ । त्यसपछि मात्रै मुख्यमन्त्री पाउने पार्टी र नेताले राप्रपासँग छलफल गर्नुपर्छ ।

एकथरी काँग्रेस नेता दलको नेता परिवर्तन गरेर पनि सरकारको नेतृत्व गराउने प्रयासमा छन् । नेता गुरुराज घिमिरेले लगायत काँग्रेसले दलको नेता परिवर्तन गरेर भए पनि आफ्नै नेतृत्वमा सरकार बनाउनु पर्ने पक्षमा छन् । काँग्रेसमा अहिले पनि थापा, कार्की र अमृत अर्याल मुख्यमन्त्रीको दौडमा छन् । कार्की र अर्याल थापालाई रोकेर आफैँ मुख्यमन्त्री बन्ने लाइनमा छन् । दलको नेता चयनका लागि भएको निर्वाचनमा थापाले १८ मत पाउँदा कार्कीले ९ र अर्यालले २ मत पाएका थिए ।

पार्टी सभापति देउवाको समर्थनमा दलका नेता बनेका थापा काँग्रेस नेता कृष्ण सिटौला निकट हुन् । तत्कालीन परिस्थितिमा दलको नेता बनाइए पनि थापाले प्रभावकारी नेतृत्व गर्न नसकेको भन्दै देउवा पक्षकै कतिपय सांसदहरू उनको विकल्प खोज्नुपर्ने बताउन थालेका छन् । सत्ता परिवर्तनको खेल भइहालेको खण्डमा मुख्यमन्त्री बन्न कसलाई सहज होला भन्ने विश्लेषण पनि सुरु भएको छ ।

एमाले नेतृत्वको सरकार ढलेको खण्डमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा र माओवादी केन्द्रका नेता आङ्बो मुख्यमन्त्रीका दाबेदार हुन् । कांग्रेस दलका नेता थापा मुख्यमन्त्री बन्ने अवस्थामा कांग्रेसबाटै असहयोग हुने देखिन्छ । नेता कृष्णप्रसाद सिटौला पक्षका थापालाई शेखर कोइराला पक्षका नेताहरू केदार कार्की तथा देउवा खेमाका अमृत अर्यालले असहयोग गर्ने प्रष्टैछ ।

यसबीच देउवाले चासो राखेर छलफलचलाउन भनेका छन् । कांग्रेस र एमालेबीच केन्द्रमा सहमति भए वा राप्रपा र कांग्रेसबीच केन्द्रमा सहमति हुनसके कोशी प्रदेशको सरकार चाँडै गठन हुनसक्छ । नत्र मध्यावधीको विकल्प नहुने देखिएको छ ।

अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला । धन्यवाद ।

लेखकबाट थप

सम्बन्धित पोस्ट
कोशीमा कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्रीका उम्मेदवार बनाउने गठबन्धनको निर्णय
कोशीमा कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्रीका उम्मेदवार बनाउने गठबन्धनको निर्णय
असार १८, २०८० सोमबार

कोशी प्रदेशमा नयाँ सरकार गठनमा निर्णायक बन्दै जसपा
कोशी प्रदेशमा नयाँ सरकार गठनमा निर्णायक बन्दै जसपा
असार १८, २०८० सोमबार

पत्रकार लुईटेललाई पितृशोक
पत्रकार लुईटेललाई पितृशोक
असार १८, २०८० सोमबार

असार १६, २०८० शनिबार

मारुती सिमेन्टको ठगीधन्दा पर्दाफासः उद्योग सञ्चालक राठी छोरा लिएर फरार, व्यापार प्रबन्धक पक्राउ
मारुती सिमेन्टको ठगीधन्दा पर्दाफासः उद्योग सञ्चालक राठी छोरा लिएर फरार, व्यापार प्रबन्धक पक्राउ
नेपालबहस संवाददाता

असार १६, २०८० शनिबार

अति भैसक्यो, अब त छानविन गर्ला कि हवाई अड्डाका महानिर्देशक अधिकारीलाई अख्तियारले ?
अति भैसक्यो, अब त छानविन गर्ला कि हवाई अड्डाका महानिर्देशक अधिकारीलाई अख्तियारले ?
नेपालबहस संवाददाता

असार १६, २०८० शनिबार

झापामा नेपाल किसान महासंघले मनायो राष्ट्रिय धान दिवस
झापामा नेपाल किसान महासंघले मनायो राष्ट्रिय धान दिवस
यज्ञप्रसाद भट्टराई

असार १७, २०८० आइतबार

लोकप्रिय
नारायणकाजीलाई साइजमा ल्याउन सापकोटालाई अघि सारेर विप्लबलाई पार्टीमा इन्ट्री गराउने रणनीतिमा प्रचण्ड

नारायणकाजीलाई साइजमा ल्याउन सापकोटालाई अघि सारेर विप्लबलाई पार्टीमा इन्ट्री गराउने रणनीतिमा प्रचण्ड
असार १८, २०८० सोमबार

पत्रकार लुईटेललाई पितृशोक

पत्रकार लुईटेललाई पितृशोक
असार १८, २०८० सोमबार

डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मीराकुमारीसँग दोहोरो नागरिकता

डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मीराकुमारीसँग दोहोरो नागरिकता
असार १८, २०८० सोमबार

Previous article
Next article
सशस्त्र प्रहरी परिवार महिला संघको २२औं वार्षिकोत्सव विविध कार्यक्रमकासाथ सम्पन्न:काठमाडौं महानगरपालिकाका उप–प्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यतामाप्रधान कार्यालय हल्चोक स्वयम्भुमा असार १७ गते सशस्त्र प्रहरी परिवारमहिला संघको २२औं वार्षिकोत्सव विविध कार्यक्रमकासाथ सम्पन्न भएको छ ।उप–प्रमुख डंगोलले सशस्त्र प्रहरी परिवार महिला संघको सेवामुखीक्रियाकलापको साथै समाज सेवाको पवित्र कार्यमा आफ्नो जीवन समर्पणगर्नुहुने विभिन्न क्षेत्रका महानुभावहरुलाई कदरपत्र प्रदान गर्नुभएकोथियो ।उहाँले संघले बालक, बृद्धबृद्धा तथा नारी सशक्तिकरणको क्षेत्रमा मात्रनभई समग्र राज्यको शिक्षा, स्वास्थ्य, वातावरण, खेलकुद क्षेत्रलाई समेतप्राथमिकतामा राखी सेवा मुलक कार्यहरु गर्दै आएकोमा खुशी व्यक्तगर्नुहुँदै सुरक्षा निकाय जस्तो पवित्र संगठनले नागरिकको सेवा, सुरक्षा,सहयोग र उद्धारको साथसाथै समाज सेवामा पनि समर्पित रहँदै आईरहेकोबताउनुभयो ।राज्यको सीमामा दरिलो खम्बा बनेर विपद्, प्रकोपमा परेकाहरुको आशा रभरोसाका रुपमा रहेका राष्ट्रसेवक सुरक्षाकर्मीहरुका जीवन संगिनीहरुकोत्याग र समपर्ण भावको मुक्त कण्ठले प्रशंसा गर्नुहुँदै उप–प्रमुख डंगोललेभन्नुभयो–‘नारीहरु संगठित भई कार्य गरे शब्दकोषमा समेत असंभव भन्नेशब्दको स्थान नै रहँदैन ।’उहाँले महिलामा हुने सबै प्रकारका हिंसा र विभेदहरुको विरुद्ध आवाजउठाउँदै सहभागिता, समानता र समतायुक्त समाजको परिकल्पना साथ अगाडी बढ्नेप्रतिवद्धता व्यक्त गर्नुहुँदै पुरानो सत्तात्मक समाजमा अधिकारखोज्नुमात्र समस्याको समाधान नभई भएका अधिकारहरुलाई समेत उपभोग गरीसमतामुलक समाजको निर्माण गर्नु आजको आवश्यकता रहेको बताउनुभयो ।सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले वार्षिकोत्सवको अवसरमा आयोजितप्रथम महिला हाफ म्याराथन दौड विजयी खेलाडी लगायत महिला राष्ट्रसेवकसशस्त्र प्रहरी कर्मचारीहरुलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्नुभयो।सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रिय अध्यक्ष श्रीमती अनितालामिछाने अर्यालले विभिन्न निजी तथा सामुदयिक विद्यालयबाट एसईई परिक्षामाउत्कृष्ट अंक ल्याउन सफल छात्रछात्राहरुलाई पुरस्कार तथा प्रशंसापत्रप्रदान गर्नुहुँदै संघको विभिन्न सेवामुलक कार्यहरुमा सहयोग गर्ने सरकारीतथा गैरसकारी संघसंस्था एवं महानुभावहरुको अनुकरणीय योगदानप्रति हार्दिकआभार प्रकट गर्नुभयो ।उहाँले कुनैपनि सेवामुलक कार्य एक व्यक्तिको प्रयासले मात्र सहज नहुनेबताउनुहुँदै नारी शसक्तिकरण तथा बालबालिका, बृद्धबृद्धा, शिक्षा,स्वास्थ्य र वातावरण क्षेत्रमा अगाडी बढ्न सशस्त्र प्रहरी बल नेपाललाईकाठमाडौं महानगरपालिका तथा नगरपालिकाको सहयोग र सद्भाव निरन्तर मिल्नेअपेक्षा राख्नुभयो ।कार्यक्रममा संघकी सदस्य सचिव श्रीमती तुलमाया ठाडामगरले सशस्त्र प्रहरीपरिवार महिला संघको वार्षिक गतिविधि र भावी योजना प्रस्तुत गर्नुभएकोथियो ।कार्यक्रममा उपत्यका स्थित महानगर तथा उपमहानगरपालिकाका उप–मेयरहरु,निजामती कर्मचारी, सैनिक तथा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु,सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, संघका पदाधिकारीहरु लगायत अन्यसंघसंस्थाका पदाधिकारीहरु र सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरुकापरिवारजनहरुको समेत उपस्थिती रहेको थियो ।साभार!
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles