Saturday, November 2, 2024

प्रधानमन्त्री एवं नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँगको निकटताले अहिलेसम्म नेपाली कांग्रेससँग सहकार्यको वातावरण बनिरहेको बताएका छन् ।

ताजा / भरखरै प्राप्त

गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दीको अवसरमा चाबहिल स्थित जीपी कोइराला मेमोरियल कलेजले आज आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त समयमा बिताएका क्षणको स्मरण गर्दै गिरिजाप्रसाद कोइराला आफ्नो प्रेरणाको स्रोत भएको बताए । उनले विगतमा गिरिजाले जस्तो कठिन परिस्थितिमा पनि संरक्षण गर्दा आफूले भने धोका दिएको बताए ।

गणतन्त्र नेपालको पहिलो राष्ट्रपति नबनाउँदा आफूबाट गल्ती भएको उनले बताए । आफूले पटक–पटक गल्ती गर्दा पनि गिरिजाले भने विश्वास गर्दै संरक्षण गर्न नछाडेको उनले बताए । ‘बरु मैले गल्ती गरें, उहाँले विल्कुल गर्नुभएन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘कतिपय सन्दर्भमा मैले गरेका प्रतिबद्धता जस्ताको तस्तै पूरा गर्न सकिँन । तर उहाँले मलाई कुनै न कुनै रुपमा संरक्षण गर्न छोड्नु भएन ।’

उनले गणतन्त्र नेपालको पहिलो राष्ट्रपति प्रस्ताव गर्न सकिँन, प्रधानमन्त्रीबाट राजीनामा दिने मनस्थिति बनाएपछि गिरिजाबाबुले पटक पटक राजीनामा नदिनुस् भनिराख्नुभयो, अस्पतालमा भर्ना भएको बेला गिरिजाले आफूलाई एक्लै बोलाएर ‘सम्हाल्नुस् यो देश’ भनेको कुराले गिरिजाप्रति अगाध आस्था र विश्वास भइराखेको उनले बताए ।

उनले गिरिजाप्रसाद कोइरालाको नामबाट विश्वविद्यालय स्थापना गर्नुपर्ने भनेर पेश भएको प्रस्तावलाई मन्त्रिपरिषदबाट अघि बढाउने आश्वासन समेत दिए । प्रचण्डले कम्युनिष्टहरूको एकताको कुराबाट नेपाली कांग्रेस तरंगित हुन नपर्ने बताए । कम्युनिष्टहरूबीच एकता भए पनि कांग्रेससँगको सम्बन्ध नटुट्ने उनले बताए ।

विगतका राजनीतिक आन्दोलन कांग्रेस र कम्युनिष्ट मिलेर लडेकाले हालसम्मको उपलब्धि हासिल भएको भन्दै उनले कम्युनिष्ट एकताको कुराबाट कांग्रेस तरंगित हुन नपर्ने बताए । कन्भिक्सनको लेभलमा मेरो कमिटमेन्ट छ, कांग्रेससँग मिलेर गणतन्त्रको रक्षा, शान्ति प्रक्रियाको कार्यभार पूरा गर्दै देशलाई समृद्धिमा लैजानुपर्ने उनले बताए ।

उनले गणतन्त्रको छोटो समयमा प्रश्न उठाउन खोजिएको भन्दै हिजोकै केन्द्रीकृत राजतन्त्र ठीक हो कि भनेर प्रश्न उठाउने जमर्को भइरहेको बताए । ‘गिरिजाप्रसादको पार्थिव शरीर अगाडि गरेको सङ्कल्प, त्यो दिन जनताको भाव, लाखौँ जनसागरलाई यति छिटै बिर्सने र पुरातनतिर फर्कन खोज्ने हामी नेपालीको दृष्टि के हो भन्ने आम प्रश्न पनि छ,’ प्रचण्डले भने, ’हामीले व्यवस्था बदल्न साहस गयौ, जनताको अवस्था बदल्न सकेनौ, त्यसमा आत्मसमीक्षा गर्न जरुरी छ ।’

अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला । धन्यवाद ।

लेखकबाट थप

सम्बन्धित पोस्ट
आगामी सेप्टेम्बरमा प्रचण्ड चीन भ्रमणमा जाने
आगामी सेप्टेम्बरमा प्रचण्ड चीन भ्रमणमा जाने
असार १८, २०८० सोमबार

नारायणकाजी साइजमा ल्याउन सापकोट अघि सारेर विप्लबलाई पार्टीमा इन्ट्री गराउने रणनीतिमा प्रचण्ड
नारायणकाजी साइजमा ल्याउन सापकोट अघि सारेर विप्लबलाई पार्टीमा इन्ट्री गराउने रणनीतिमा

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles