Saturday, November 2, 2024

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट २३ जना पक्राउमकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा १ सय ९० केजी ८ ग्रामसहित १२ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाग्मती प्रदेश-०१-०२५ च ३३८४ नम्बरको कारमा सवार ४ जना, डिएल १ जिसि ३०३५ नम्बरको ट्रकका चालक, डिएल १२ सिए ०५७८ नम्बरको स्कारपियोमा सवार ५ जना र प्र.२-०३-००७ प.४७५४ नम्बरको मोटरसाइकलमा सवार २ जना गरी जम्मा १२ जना रहेका छन् । ईलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।काठमाडौं, काठमाडौं महानगरपालिका-१६ माछापोखरीस्थित सडक छेउबाट अवैध लागूऔषध गाँजा करिब २ सय ग्रामसहित सोही ठाउँ बस्ने सिन्धुपाल्चोक घर भएका १९ वर्षीय प्रदिप गिरी समेत ७ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।यसैगरी काठमाडौं, तारकेश्वर नगरपालिका-१० लोकतान्त्रिक चोक डेरा गरी बस्ने रूपन्देही बुटवल उपमहानगरपालिका-११ घर भएका २५ वर्षीय सुनिल वादीलाई अवैध लागूऔषध गाँजा करिब ३ केजीसहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उनकै कोठाबाट उक्त गाँजासहित पक्राउ गरेको हो ।कास्की, पोखरा महानगरपालिका-९ कृष्णटोल बस्ने २८ वर्षीय सुरज बिकलाई अवैध लागूऔषध गाँजा करिब ५ सय ग्रामसहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।झापा, शिवसताक्षी नगरपालिका-९ झरना टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय मिलिग्रामसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीया झरना विक र कमल गाउँपालिका-३ बस्ने २४ वर्षीया सन्ध्या राई रहेका छन् । विकले आफ्नै घरमा लागूऔषध बिक्रीवितरण गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उक्त पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो ।झापा, मेचीनगर नगरपालिका-८ निन्दाखोला पुल नजिक छेउको झाडीबाट वेवारिसे अवस्थामा प्लाष्टिकको झोलामा रहेको नियन्त्रित लागूऔषध मेथामफेटामाइन जस्तो देखिने पदार्थ ८ सय ७० ग्राम सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उक्त लागूऔषध फेला पारी बरामद गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ताजा / भरखरै प्राप्त

Previous article
Next article
ट्राफिक सप्ताह २०८० को समुद्घाटनविराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमारकार्कीले बढ्दो सवारी दुर्घटा न्युनीकरण गर्न जनचेतनामुलककार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनु भएको छ । मब्लबार देखिकोशी प्रदेशमा सुरु भएको ट्राफिक सप्ताह २०८० को समुद्घाटनकार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताउनु भएकोहो ।उहाँले वर्षेनी हुने सडक दुर्घटनाका कारण मुलुकले ठूलोमानवीय र भौतिक क्षति व्यहोर्नु परेको दृष्टान्त प्रस्तुत गर्नुभयो ।यातायाता व्यवसायि, सवारी चालक,ट्राफिक प्रहरी,नेपाल प्रहरीलगायतका सरोकारवाला क्षेत्रहरु बीच आपसी सहकार्य गरी काम गर्नसकेमा दुर्घटना कारण वर्षेनी हुने मानवीय र भौतिक क्षति रोक्नसकिने उहाँको भनाइ छ ।उहाँले सडक दुर्घटना न्यूनीकरण गर्न आवश्यक पर्ने सबै खालकोव्यवस्थापकीय कार्यका लागि सहकार्य गर्न प्रदेश सरकार तयार रहेकोपनि प्रस्ट पार्नुभयो ।सब्घीय कानूनको अभावमा प्रदेश सरकार आफैले गर्नुपर्ने कतिपयकार्यहरु पनि गर्न नसकेको जानकारी गराउँदै तर त्यस्ता कार्यहरुसहकार्य मार्फत हुँदै आएको बताउनुभयो ।उहाँले अघिल्लो वर्षहरुको तुलनामा चालू वर्षमा कोशी प्रदेशमासडक दुर्घटनाको सख्यामा कमी आएको दृष्टान्त प्रस्तुत गर्दैआगमी वर्षहरुमा थप सुधार हुने गरी काम गरेर सुन्यमा झार्नुपनेर्बताउनुभयो ।मुख्यमन्त्री कार्की मब्गलबार नै आर आर एन नामक एक गैरसरकारी सस्थाबाट सञ्चालित जलबायुजन्य विपद् जोखिमहरु प्रतिसमुदायको उत्थानसिल सुदृढीकरण परियोजनाको उद्घाटन गर्दैकोशी प्रदेशमा ३८ भन्दा बढी किसिमका प्रकोपहरुको जोखिमरहेको अवगत गराउनुभयो ।जलबायुजन्य विपद् अन्तर्ग बाढी र पहिरोको जोखिम बढी रहेकोबताउँदै पछिल्लो अवस्थामा जब्गली जनवारहरुको आक्रमणको
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles