घट्यो पेट्रोलियम पदार्थको मूल्य -:नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले काठमाडौं‚ पोखरा र दीपायलमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५–५ रुपैयाँ मूल्य घटाएको छ । त्यस्तै तराईको हकमा प्रतिलिटर साढे ७ रुपैयाँ घटाएको छ भने सुर्खेत र दाङमा प्रतिलिटर ६ रुपैयाँका दरले घटाएको निगमले जनाएको छ ।सोमबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले सो मूल्य घटाउने निर्णय गरेको हो । यसपटक भने निगमले वैज्ञानिक प्रणालीबाट मूल्य निर्धारण गरेको निगमका प्रवक्ता मनोज ठाकुरले बताए ।यसपटक तराई (चारअली‚ विराटनगर‚ जनकपुर‚ वीरगन्ज‚ अमलेखगन्ज‚ भलवारी‚ नेपालगन्ज र धनगढी) लाई पहिलो वर्गमा राखिएको छ भने दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ रहेका छन् । त्यस्तै तेस्रो वर्गअन्तर्गत काठमाडौं‚ पोखरा र दीपायल परेका छन् ।अब काठमाडौं‚ पोखरा र दीपालयमा पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५०/१५० रुपैयाँ पर्नेछ । त्यस्तै तराईमा पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १६७.५ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४७.५/१४७.५ रुपैयाँ पर्नेछ । सुर्खेतको र दाङमा भने पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १६९ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४९/१४९ रुपैयाँ पर्नेछ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत् राखेको छ ।त्यस्तै हवाई इन्धनको मूल्य पनि घटेको छ । आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँ तथा वाह्य इन्धनको मूल्य १५ रुपैयाँले घटेको छ ।
Previous articleसशस्त्र प्रहरी परिवार महिला संघको २२औं वार्षिकोत्सव विविध कार्यक्रमकासाथ सम्पन्न:काठमाडौं महानगरपालिकाका उप–प्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यतामाप्रधान कार्यालय हल्चोक स्वयम्भुमा असार १७ गते सशस्त्र प्रहरी परिवारमहिला संघको २२औं वार्षिकोत्सव विविध कार्यक्रमकासाथ सम्पन्न भएको छ ।उप–प्रमुख डंगोलले सशस्त्र प्रहरी परिवार महिला संघको सेवामुखीक्रियाकलापको साथै समाज सेवाको पवित्र कार्यमा आफ्नो जीवन समर्पणगर्नुहुने विभिन्न क्षेत्रका महानुभावहरुलाई कदरपत्र प्रदान गर्नुभएकोथियो ।उहाँले संघले बालक, बृद्धबृद्धा तथा नारी सशक्तिकरणको क्षेत्रमा मात्रनभई समग्र राज्यको शिक्षा, स्वास्थ्य, वातावरण, खेलकुद क्षेत्रलाई समेतप्राथमिकतामा राखी सेवा मुलक कार्यहरु गर्दै आएकोमा खुशी व्यक्तगर्नुहुँदै सुरक्षा निकाय जस्तो पवित्र संगठनले नागरिकको सेवा, सुरक्षा,सहयोग र उद्धारको साथसाथै समाज सेवामा पनि समर्पित रहँदै आईरहेकोबताउनुभयो ।राज्यको सीमामा दरिलो खम्बा बनेर विपद्, प्रकोपमा परेकाहरुको आशा रभरोसाका रुपमा रहेका राष्ट्रसेवक सुरक्षाकर्मीहरुका जीवन संगिनीहरुकोत्याग र समपर्ण भावको मुक्त कण्ठले प्रशंसा गर्नुहुँदै उप–प्रमुख डंगोललेभन्नुभयो–‘नारीहरु संगठित भई कार्य गरे शब्दकोषमा समेत असंभव भन्नेशब्दको स्थान नै रहँदैन ।’उहाँले महिलामा हुने सबै प्रकारका हिंसा र विभेदहरुको विरुद्ध आवाजउठाउँदै सहभागिता, समानता र समतायुक्त समाजको परिकल्पना साथ अगाडी बढ्नेप्रतिवद्धता व्यक्त गर्नुहुँदै पुरानो सत्तात्मक समाजमा अधिकारखोज्नुमात्र समस्याको समाधान नभई भएका अधिकारहरुलाई समेत उपभोग गरीसमतामुलक समाजको निर्माण गर्नु आजको आवश्यकता रहेको बताउनुभयो ।सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले वार्षिकोत्सवको अवसरमा आयोजितप्रथम महिला हाफ म्याराथन दौड विजयी खेलाडी लगायत महिला राष्ट्रसेवकसशस्त्र प्रहरी कर्मचारीहरुलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्नुभयो।सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रिय अध्यक्ष श्रीमती अनितालामिछाने अर्यालले विभिन्न निजी तथा सामुदयिक विद्यालयबाट एसईई परिक्षामाउत्कृष्ट अंक ल्याउन सफल छात्रछात्राहरुलाई पुरस्कार तथा प्रशंसापत्रप्रदान गर्नुहुँदै संघको विभिन्न सेवामुलक कार्यहरुमा सहयोग गर्ने सरकारीतथा गैरसकारी संघसंस्था एवं महानुभावहरुको अनुकरणीय योगदानप्रति हार्दिकआभार प्रकट गर्नुभयो ।उहाँले कुनैपनि सेवामुलक कार्य एक व्यक्तिको प्रयासले मात्र सहज नहुनेबताउनुहुँदै नारी शसक्तिकरण तथा बालबालिका, बृद्धबृद्धा, शिक्षा,स्वास्थ्य र वातावरण क्षेत्रमा अगाडी बढ्न सशस्त्र प्रहरी बल नेपाललाईकाठमाडौं महानगरपालिका तथा नगरपालिकाको सहयोग र सद्भाव निरन्तर मिल्नेअपेक्षा राख्नुभयो ।कार्यक्रममा संघकी सदस्य सचिव श्रीमती तुलमाया ठाडामगरले सशस्त्र प्रहरीपरिवार महिला संघको वार्षिक गतिविधि र भावी योजना प्रस्तुत गर्नुभएकोथियो ।कार्यक्रममा उपत्यका स्थित महानगर तथा उपमहानगरपालिकाका उप–मेयरहरु,निजामती कर्मचारी, सैनिक तथा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु,सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, संघका पदाधिकारीहरु लगायत अन्यसंघसंस्थाका पदाधिकारीहरु र सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरुकापरिवारजनहरुको समेत उपस्थिती रहेको थियो ।साभार!