Tuesday, January 21, 2025

भ्रष्टाचारमा ‘नो कम्परमाईज’ : प्रधानमन्त्री प्रचण्ड

ताजा / भरखरै प्राप्त

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार भ्रष्टाचार नियन्त्रणका लागि अझै कडा तरिकाले प्रस्तुत हुने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार नेकपा (माओवादी केन्द्र) सम्वद्ध वाइसिएल नेपालका पदाधिकारीसँगको छलफलमा प्रचण्डले यस्तो बताएका हुन् । उनले आफ्नो अबको अभियानलाई सुशासनको पक्षमा नयाँ ढङ्गको क्रान्तिको संज्ञा दिए । सुशासनको पक्षमा आफूले कोही कसैसँग पनि सम्झौता नगर्ने र विगतका सबै जसो काण्डको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याएर छाड्न उनको प्रतिबद्धता छ । वाइसिएल सुवोधराज सेर्पालीका अनुसार नक्कली शरणार्थी प्रकरणमा जस्तै, बालुवाटार जग्गा प्रकरणमा संलग्न दोषीले कुनै पनि हालतमा उन्मुक्ति नपाउने स्पष्ट पार्दै प्रचण्डले विगतमा सबैजसो ठूला काण्डका दोषीलाई पनि कानुनी दायरामा ल्याएरै छाड्ने बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles