यो वर्ष मनसुन भित्रिएको १९ दिनमा तीन गुणाले आर्थिक क्षति बढेको छ । गत वर्ष मनसुनको यहीँ अवधिमा ५० लाखको भौतिक क्षति भएकोमा यस वर्षको सोही अवधिमा भने ४ करोडको क्षति भएको छ । राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वर्ष यो अबधिमा १५ वटा मात्रै घटना भएकोमा यसपटक ७७ वटा विपदजन्यु घटना भएको छ । गत वर्ष कोही पनि वेपत्ता नभएकोमा अहिले २१ जना वेपत्ता भएका छन् भने १८ जिल्लाका १ सय ७ घर प्रभावित भएको छ । पूर्वी नेपालको ताप्लेजुङ, पाँचथर, संखुवासभामा ठूलो क्षति भएको र सो क्षेत्रका कतिपय पुलसमेत बगाएको छ ।