Monday, February 17, 2025

वैदेशिक रोजगारीमा जानेको संख्या ७ लाख नाघ्यो-:

ताजा / भरखरै प्राप्त

वैदेशिक रोजगारीका लागि अहिलेसम्मकै सबैभन्दा धेरै जनाले श्रम स्वीकृति लिएका छन् । चालु आर्थिक वर्षको असार १६ गतेसम्म सात लाख ४० हजारभन्दा धेरैले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिइसकेको वैदेशिक रोजगार विभागले जनाएको छ । श्रम स्वीकृति लिएर प्रत्येक महिना ६० हजारभन्दा बढी युवाहरू विभिन्न मुलुकमा पुग्ने गरेको तथ्यांक विभागको छ । यो सँगै हालसम्म सात लाख बढीले श्रम स्विकृतीको अनुमती पाएका छन् । आर्थिक वर्ष २०५०÷५१ मा ३ हजार ६ सय ५ जनाले श्रम स्वीकृति लिएकोमा आर्थिक वर्ष २०७८/७९ यता वैदेशिक रोजगारीमा जानेको संख्या फेरि बढ्न थालेको हो । यो वर्ष ६ लाख ३० हजार भन्दा बढीले श्रम स्वीकृति लिएका थिए ।

Previous article
बोर्डिङ स्कुलको गेटले थिचेर एक बालकको मृत्यु, एक घाइतेरितिक अधिकारीसर्लाही । सर्लाहीको हरिवन नगरपालिका– ९ नयाँरोडस्थित ज्ञानज्योति बोर्डिङ स्कुलको कम्पाउण्ड वालको मूलगेटले थिच्दा एक विद्यार्थीको मृत्यु भएको छ भने अर्का एक विद्यार्थी घाइते भएका छन् ।ज्ञानज्योतिको कम्पाउण्ड वालको मुलगेट भत्केर बागमती नगरपालिका– ४ जिरायतका आकाश वलका अन्दाजी ५ वर्षीय छोरा आयुष बलको मृत्यु भएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।प्रहरीका अनुसार गेटले थिच्दा सोही स्कुलको कक्षा २ मा पढ्ने ७ वर्षीय आदित्य लो घाइते भएका छन् । उनलाई स्थानीय स्वास्थ्य केन्द्रमा उपचारपछि थप उपचारको लागि वीरगंज पठाइएको सर्लाही प्रहरीले जनाएको छ ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles