बारा प्रहरीले बसमा लोड गरिएको ६ केजि ५०० ग्राम लागुऔषध गाँजा सहित ३ जनालाई मंगलबार दिउसो पक्राउ गरेको छ ।निजगढस्थित पूर्वपश्चिम लोकमार्गको उनासी किलो पुलमा चेकजाँचको क्रममा पोखराबाट जनकपुर जादै गरेको ग १ ख ९९२८ नं.को बसलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुरुषोत्तम सिंह पाण्डेले जानकारी दिए ।ईलाका प्रहरी कार्यलय निजगढबाट खटिएको चेकिङ्ग टोलीले विशेष सूचनाको आधारमा बसलाई चेकचाँज गर्दा सो गाँजा बरामद गरिएको हो ।पक्राउ पर्नेमा धनुषा ढल्केवर न।पा।वडा नं.७ केमलीपुर बस्ने अन्दाजी ३० बर्ष कि राम पुकारी साह रहेको प्रहरीले जनाएको छ ।
बस चालक र सह–चालकको मिलोमत्तोमा सो गाँजा ओसार(पसार हुनसक्ने आशंकामा बसका चालक कमल दमाई र सहचालक अमित लम्साललाई थप अनुसन्धानको लागि पक्राउ गरेको बारा प्रहरीले प्रेस चित्रलाई बताएको छ ।गत शुक्रबार पनि बाराबाट २ सय ६२ केजी गाँजा प्रहरीले बरामद गरेको थियो । सो गाँजा भारत लैजान लागेको प्रहरीले आशङ्का गरेको थियो ।