रुपन्देहीमा घुससहित इन्जिनियर पक्राउबुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित इन्जिनियरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको कोटहीमाई गाउँपालिकामा कार्यरत इन्जिनियर अरविन्दकुमार यादव रहेका छन् । यादवलाई ४५ हजार रुपैयाँ घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयका सूचना अधिकृत भेषराज रिजालले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।