Friday, January 17, 2025

१४३ किलो लागूऔषध गाँजा, भारतिय डिब्बा ट्रक ,स्कार्पियो गाडी सहित ६ जना नियन्त्रणमा -:

ताजा / भरखरै प्राप्त

मिति २०८०/०३/१९ गते बिहान अं ०४:०० बजेको समयमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं. १५ रातोमाटे चेकपोष्ट स्थित सडकखण्डमा सवारी साधनहरु रोकी चेक जाँच गर्ने क्रममा चितवनबाट बिरगंजतर्फ आउदै गरेको DL 1G C3035 नं. को भारतिय डिब्बा ट्रक र DL 12 CA 0578 नं. को भारतिय स्कार्पियो गाडी लाई शंका लागि चेकजाँच गर्ने क्रममा उक्त डिब्बा ट्रकको क्याविन भागको सिट मुनी र माथी सिलिङ्गको भागमा बक्स बनाई लुकाई छिपाई गरी ल्याएको अवस्थामा १४३ किलो लागूऔषध गाँजा फेला परेको हुदाँ उक्त लागूऔषध, भारतीय डिब्बा ट्रक, भारतीय स्कार्पियो सहित निम्न व्यक्तिहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।

निम्न :-
१.) ट्रक चालक २५ नाजहर भिलेजर रोहिणी राजापुरकालन नया दिल्ली भारत बस्ने वर्ष ५७ को लाल बहादुर सहनी ।
२.) स्कार्पियो गाडी चालक जिल्ला पर्सा बिरगंज म.न.पा. वडा नं. १३ बस्ने वर्ष २५ को सन्तोष गुप्ता ।
३.) ऐ. छिपहरमाई गा.पा. वडा नं. ३ बस्ने वर्ष ३१ को मोहमद गुप्ता ।
४.) ऐ.ऐ. बस्ने वर्ष २८ को रमेश यादव अहिर ।
५.) जिल्ला बारा बिश्रामपुर गा.पा. वडा नं. ४ बस्ने वर्ष २१ को गौतम कुमार साह ।
६.) ऐ.ऐ. ब स्ने वर्ष २४ को सुरज साह ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles