कांग्रेसले तल्लो तहबाटै संगठन विस्तार सम्बन्धी कार्यक्रमहरू सुरु गर्ने तयारी अनुरूप सभापतिहरूको बैठक बोलाएको हो । पहिलो चरणमा क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण कार्यलाई व्यवस्थित रुपमा अगाडि बढाउने विषयमा छलफल भइरहेको छ । क्रियाशील सदस्य नवीकरणसहित नयाँ सदस्य थप गर्ने विषयलाई कसरी प्रभावकारी ढंगले अगाडि बढाउन सकिन्छ भन्ने रणनीति तय गर्न कांग्रेसले ७७ वटै जिल्लाका सभापतिहरूलाई काठमाडौं बोलाएर अभिमुखीकरण गर्न लागेको हो ।
नेपाली कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले दिएको जानकारी अनुसार सभापतिहरूलाई जिल्ला तह र त्यसभन्दा मुनिका निकायमा कसरी संगठन विस्तारका कार्यक्रमहरू बनाउने, विभाजन गर्ने र सञ्चालन गर्ने भन्ने विषयमा अभिमुखीकरण गरिनेछ । क्रियाशीलको नवीकरण र नयाँ सदस्यता थप गर्ने विषयलाई प्रभावकारी बनाउन कांग्रेस नयाँ रणनीति र स्पष्ट योजनासहित जाने तयारी स्वरूप सभापतिसँग अभिमुखीकरणको कार्यक्रम राखेको हो ।
यसको अलवा जिल्ला सभापतिहरूसँग जिल्लामा भइरहेका पछिल्ला गतिविधिहरूबारे पनि जानकारी लिइने छ । प्रचार विभाग प्रमुख विश्वकर्माले पार्टीको केन्द्रीय समितिको बैठकमा उठाइने एजेण्डाहरुका लागि पनि जिल्ला सभापतिहरूको छलफल र परामर्शबाट धेरै कुराहरू आउने बताए । उनले कांग्रेस सबै किसिमका समस्याहरूसँग जुध्न सक्ने गरि तल्लो तहबाटै संगठनका गतिविधिहरू परिचालन गर्ने तयारीमा रहेको बताए । कांग्रेसले असार २७ गते केन्द्रीय समितिको बैठक बोलाएको छ ।
राजनीति
नेपाली कांग्रेस
सभापति
अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप
सम्बन्धित पोस्ट
प्रधानमन्त्री प्रचण्डविरुद्ध एमाले विद्यार्थीको प्रदर्शन
प्रधानमन्त्री प्रचण्डविरुद्ध एमाले विद्यार्थीको प्रदर्शन
असार २१, २०८० बिहिबार
कांग्रेस नेतृत्वको कार्यशैली र व्यवहारप्रति जिल्ला सभापतिहरु असन्तुष्ट, रूपान्तरणको स्पष्ट खाका ल्याउन माग
कांग्रेस नेतृत्वको कार्यशैली र व्यवहारप्रति जिल्ला सभापतिहरु असन्तुष्ट, रूपान्तरणको स्पष्ट खाका ल्याउन माग
असार २१, २०८० बिहिबार
प्रितम सिंहले भने- प्रचण्डसँग पारिवारिक सन्बन्धबाहेक अन्य केही हाेइन
प्रितम सिंहले भने- प्रचण्डसँग