Monday, February 17, 2025

जिल्ला सभापतिहरुका गुनासो नै गुनासो

ताजा / भरखरै प्राप्त

नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले पार्टीको गतिविधिहरु शिथिल हुन थालेको भन्दै पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् । बिहीवारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको जिल्ला सभापतिहरुको बैठकमा बोल्ने सभापतिहरुले पार्टीको गतिविधिहरुमा शिथिलता आउन थालेको धारणा राखेका हुन् । उनीहरुले पार्टी गतिविधिमा शिथिलता आएको भन्दै पार्टी नेतृत्वको ध्यानाकर्षण गराए । काँग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार आ–आफ्नो धारणा राख्ने क्रममा सभापतिहरुले पार्टीलाई पुनःजागरण गर्नका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने बताए । बैठकमा सरकारमा मन्त्री रहेका सभापतिहरुले आफूले सरकारमा भोगिरहेको अपm्ठ्याराहरुको बारेमा कुरा राखेका थिए भने सरकारमा नभएका जिल्ला सभापतिहरुले सरकारसँग आफुहरुको कुनै समन्वय नभएको गुनासो गरे । जिल्ला सभापतिहरुको बैठकमा क्रियाशील सदस्यता र काँग्रेस सदस्यताको वितरण, नवीकरण र अभिलेखीकरणको विषयमा समेत सामान्य छलफल भएको छ । त्यस्तै पार्टीले विधान बमोजिम गर्नुपर्ने पार्टीका विभिन्न तहका सम्मेलनका विषय र पार्टी सञ्चालन तथा व्यवस्थापन लगायतका अन्य विविध सांगठनिक विषय माथि पनि बैठकमा छलफल हुनेछ । बैठक शुक्रबार सम्पन्न हुनेछ ।

Previous article
सार्वजनिक सवारी साधनमा यात्रा गर्ने व्यक्तिको रकम चोरी गर्ने व्यक्तिहरू पक्राउललितपुर, ललितपुर महानगरपालिका-१७ ग्वार्कोमा सार्वजनिक गाडीमा यात्रा गरेका एक पीडितको साथबाट ७ हजार ४७ अमेरिकन डलर चोरी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा उक्त अमेरिकन डलर चोरी गर्ने सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-६ घर भई हाल भक्तपुर ठिमी बस्ने ३१ वर्षीय सञ्जिव तामाङ, पर्सा ठोरी गाउँपालिका-५ घर भई हाल काठमाडौं दक्षिणकाली नगरपालिका-५ फर्पिङ बस्ने ३३ वर्षीय आईतमान तामाङ, सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका-३ घर भई हाल ललितपुर ईमाडोल बस्ने २१ वर्षीया सविना तामाङ र चोरी गरेको अमेरिकन डलर सटही गर्ने ललितपुर महानगरपालिका-१७ ग्वार्को बस्ने ५८ वर्षीया मंगल लक्ष्मी श्रेष्ठ रहेका छन् ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले सञ्जिव, आईतमान र सविनालाई ललितपुर ग्वार्कोबाट नेपाली नगद २ लाख रूपैयाँ र मोबाइलहरूसहित तथा मंगल लक्ष्मीलाई ललितपुर वकुबहालस्थित महाबुद्ध मनि एक्सचेन्जबाट अमेरिकन डलर १ सय दरको २८ थानसहित पक्राउ गरेको हो ।उनीहरू उपर चोरी सम्बन्धी कसूरमा थप आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुरमा पठाइएको छ ।साभार!
Next article
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठबाट नेपाल प्रहरी शिक्षालय भरतपुरको निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्नउपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले बिहीबार नेपाल प्रहरी शिक्षालय भरतपुरको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनुभएको छ । सोही अवसरमा उहाँले नेपाल प्रहरी शिक्षालय भरतपुर परिसरमा वृक्षारोपणसमेत गर्नुभएको थियो ।निरीक्षण पश्चात उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले सरकारको प्रतिनिधिको रुपमा सर्वप्रथम जनतामाझ पुग्ने र नागरिकसँग प्रथम सम्पर्क हुन जाने राज्यको निकाय नै प्रहरी भएकोले जनताले सरकारको अनुभूति गर्ने गरी काम गर्नुपर्ने बताउनुभयो । ‘सत्य सेवा सुरक्षणम्’ को मुल मन्त्रलाई आत्मसात गरी सेवाभावबाट ओतप्रोत भई नागरिकको जिउधनको सुरक्षा र अमनचयन कायम गर्न अहोरात्र खटिएर जनमुखी प्रहरी सेवा प्रदान गर्नको लागि दक्ष प्रहरी जनशक्ति उत्पादन गर्न नेपाल प्रहरी शिक्षालयले गरेको प्रयास अत्यन्तै सराहनिय रहेको उहाँले उल्लेख गर्नुभयो ।उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले आम नागरिकलाई न्याय र आत्मसम्मानको अनुभूति गराउन ऐन-कानूनले निर्दिष्ट गरेका जिम्मेवारीहरुलाई पूर्ण पालना गरि कानूनी राज्यको प्रत्याभूति दिन सक्ने प्रहरी जनशक्ति उत्पादन गर्न निर्देशन दिनुभयो । ‘प्रहरी जागिर मात्र होईन सेवा पनि हो’ भन्ने भावनालाई आत्मसाथ गरी प्रहरी संगठनको गौरव र गरिमालाई नयाँ उचाईमा पुर्‍याउने गरी काम गर्ने सिप सहितको प्रशिक्षण नवप्रवेशी प्रहरी अधिकृत तथा जवानहरुलाई प्रदान गर्न शिक्षालयलाई आग्रह गर्नुभयो ।शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणा लगायत प्रहरी अधिकृत तथा जवानहरूको समेत उपस्थिति रहेको थियो ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles