टेम्पर ग्लास बरामदबारा । सशस्त्र प्रहरी बल, नेपाल बाराद्धारा न्युन बिल बिजक भएको ८ लाख बराबरको मोबाईलमा लगाउने टेम्पर ग्लास बरामद गरेको सशस्त्र प्रहरी बल, नेपाल नं.१२ गण हे.क्वा मातहत स.प्र.बल,नेपाल विपद व्यवस्थापन बेश निजगढबाट २१ गते खटिएको टोलिले चेकजाँच गर्ने क्रममा जिल्ला बारा निजगढ न.पा.-८ स्थित पूर्व-पश्चिम राजमार्गको बकैया पुल ईलाकामा सम्सी महोत्तरीबाट काठमाडौँतर्फ जाँदै गरेको ना.5ख.४७६७ नम्बरको यात्रु बाहक बसमा न्युन विल बिजक भएको अ.मुल्य ८ लाख बराबरको मोबाईलको PVC Temper Glass १६ कार्टुन (१६ हजार पिस) बरामद गरी आवश्यक कारवाहिको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ ।
Previous articleभैरहवामा शृङ्खलाबद्ध चोरीः भारतीय महिला हतियारसहित पक्राउभैरहवा । केही दिनदेखि भैरहवा क्षेत्रमा चोरी, डकैती र लुटपाटबाट आतंकित भइरहेको बेला प्रहरीले यसखालको अपराधमा संलग्न गिरोहमध्येको एक भारतीय महिलालाई पक्राउ गरेको छ ।ती महिला पक्राउ परेको स्थलबाट यस्ता अपराधमा प्रयोग हुने विभिन्न औजार र हतियार पनि बरामद भएको दावी प्रहरीको छ । भारत गोरखपुर उत्तर प्रदेशकी ४३ वर्षीया गीता तिवारीलाई प्रहरीले पक्राउ गरि बिहीवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।रुपन्देहीका प्रहरी प्रमुख एसपी भरतबहादुर बिकले यी महिला सिद्धार्थनगर नगरपालिका–२ स्थित दीपक यादवको घर भाडामा लिइ चोरी, डकैती र लुटपाट गर्ने भारतीय गिरोहमा संलग्न रहेको बताए ।‘यी महिला भारतमा पनि यस्ता अपराधमा संलग्न भएको र पछिल्लो समयमा जमानतमा छुटेको कुरा भारतीय सुरक्षा अधिकारीबाट खुल्न आएको छ’, एसपी बिकले भने, ‘उनीसँगै बरामद भएका औजार र हतियार चोरी, डकैती र लुटपाट जस्ता अपराधमा प्रयोग हुने गरेका हुन् ।’उक्त गिरोहमा संलग्न अन्य चार जना हाल अन्यत्र रहेकाले पक्राउ पर्न नसेको र उनीहरुको खोजी जारी रहेको उनले जनाए । उनका अनुसार, पक्राउ परेकी अभियुक्तले भैरहवामा घटेका चोरी लगायत विभिन्न घटनामा आफ्नो संलग्नता रहेको प्रहरीसँग स्वीकार गरेकी छन् ।प्रहरीले ति महिला बसेको घरबाट उनीसँगै कटुवा पेस्तोल जस्तो देखिने हतियार एक थान, केएफ ७ लेखेको गोली १३ राउण्ड, खुकुरी १ थान, चक्कु, छिनो, सलाई रेन्ची, मोवाइल ५ थान, एक–एक वटा मोटरसाइकल र स्कुटी, सानो ग्यास सिलिण्डर एउटा, १ थान ग्यास कटर, नेपालको बैंकको चेक लगायत केही नेपाली र भारतीय रुपैयाँ समेत बरामद गरेको छ ।सिद्धार्थनगर–३ स्थित चिकित्सक हेमन्तकुमार हलुवाईको घरमा गत बैशाख ९ गते सुनका विभिन्न गहना र अन्य सामान समेत गरि ५० लाख रुपैयाँ मूल्य बराबरको धनमाल, बैशाख २३ गते सिद्धार्थनगर–३ स्थित अर्का चिकित्सक नरेन्द्र चौधरीको घरबाट सुनका गरगहना, ल्यापटप र नगद ३ लाख २५ हजार रुपैयाँ, जेठ ३ गते सिद्धार्थनगर–८ अन्नपूर्ण टोलमा हुमानाथ पाण्डेको घर फोरेर ल्यापटप, मोवाइल, सुनको औठी र नगद ६० हजार रुपैयाँ चोरी भएको थियो ।यस्तै, गत असार ११ गते सिद्धार्थनगर–९ ठूलो कोलोनीस्थित श्यामसुन्दर अग्रवालको घरमा सांघातिक आक्रमण गर्दै सुनको बाला ४ वटा, सुनको सिक्री, ब्रासलेट, हिराको औंठी, हिराको ब्रासलेट, आइफोन, घडीलगायत नगद १ लाख १५ हजार रुपैयाँ चोरी भएको थियो । यी घटनामा पक्राउ परेकी महिलासहितको समूहको संलग्नता रहेको प्रहरी भनाई छ । साभार !