आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा दीपावली, खुला कविता प्रतियोगिता र रामायण वाचन प्रतियोगिता गरिने आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकायरी निर्देशक शङ्कर रानाभाटले जानकारी दिए । उनका अनुसार नेपाली साहित्यको प्रवद्र्धन गर्ने उद्देश्यले उक्त प्रतियोगितामा देशभरका साहित्यकारलाई निम्तो गरिएको बताए ।
खुला कविता प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु १० हजार, रु सात हजार र रु पाँच हजार पुरस्कार प्रदान गरिनेछ । यस्तै रामायण वाचनतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु पाँच हजार, रु तीन हजार र रु एक हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागिताका लागि इमेलबाट पनि कविता पठाउन सकिने व्यवस्था गरिएको छ । धधध।बमष्पबदष्दजबलगदजबपतबज्ञडठज्ञ२नmबष्।िअयm मा पठाउन सकिने आयोजकले जनाएको छ । उक्त कार्यक्रममा साहित्यिक क्षेत्रका विभिन्न व्यक्तिलाई सम्मान समेत गरिने छ । जन्मजयन्तीको कार्यक्रममा बालन, कुमालका पाउदुरे र मगरका कौराह नृत्य प्रदर्शन गरिने अध्यक्ष ऋषिराम पन्तले जानकारी दिए ।
छायाङ्कन हुँदै आदिकवि सम्बन्धी गीत
‘भानुभक्त आचार्य हुन् नेपालका आदिकवि
साहित्यका शिखरको चहकिलो रातो छवि
रामायण लेखे उनले, अकविता मेटे उनले
साहित्यको यौटा नयाँ मूल बाटो भेटे उनले
तनहुँका डाँडाकाँडा त्यसै पनि हराभरा
भानुभक्त जन्मेपछि मुस्कुराई वसुन्धरा’
यो गीत राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यका बारेमा ८२ वर्षीय गायक रामबाबु सुवेदीले लेख्नुभएको र गीत गाएको हो । भानुभक्तको क्षेत्र र उनका कृतिलाई सदैव जीवन्त राख्नका लागि गायक सुवेदीले भानुभक्तसम्बन्धी बालगीत गाएको हो ।
बालबालिकाबाट नै आदिकविको संरक्षण र प्रवद्र्धनमा जोड दिनसके उनी सदैव जीवन्त रहने उनको बुझाइ छ । उनले माया, पिरती, बिछोडका गीतमा बालबालिकालाई सहभागी गराउनुभन्दा उनीहरुको उमेरलाई सुहाउँदो गीतमा सहभागिता गराउँदा उनीहरुमा सकारात्मकता विकास हुनेको उनको भनाइ छ ।
उक्त गीत २१०औँ भानु जयन्तीको अवसरमा सार्वजनिक गर्ने गरी भानुभक्तको गीतमा स्थानीय १२ बालिकालाई सहभागी गराइएको निर्देशक आचार्य गोपालले जानकारी दिए । “बालबालिकालाई बालगीतमा सहभागी गराउनुपर्छ भन्ने उद्देश्यले गीत छायाङ्कन गरिएको छ, बालबालिकाको आफ्नै उमेर सुहाउँदो गीतमा नाच्न र गाउन सिकाउनुपर्छ भन्ने हेतुले गीतको छायाङ्कन गरिएको हो”, उनले भने ।
राष्ट्रिय विभूति आदिकवि भानुभक्तलाई उक्त गीतले जीवन्त राख्ने उनको भनाइ छ । भानुभक्तकै जन्मस्थलमा छायाङ्कन गरिएको उक्त गीत यही असार २९ गते २१०औँ भानु जन्मजयन्तीका अवसरमा सार्वजनिक गरिनेछ ।

अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप
सम्बन्धित पोस्ट
पढाइ छाडेको २१ वर्षपछि वडाध्यक्ष एसईई उत्तीर्ण
पढाइ छाडेको २१ वर्षपछि वडाध्यक्ष एसईई उत्तीर्ण
असार २२, २०८० शुक्रबार
प्रधानमन्त्रीद्वारा ‘मेमोरी किङ’ शर्मालाई बधाई
प्रधानमन्त्रीद्वारा ‘मेमोरी किङ’ शर्मालाई बधाई
असार १९, २०८० मंगलबार
अध्यक्ष नेपाल श्रीलङ्का प्रस्थान
अध्यक्ष नेपाल श्रीलङ्का प्रस्थान
असार १८, २०८० सोमबार
असार १९, २०८० मंगलबार
कोशी प्रदेश सरकार गठनका लागि बहुमत पुर्याउन सभामुखको हस्ताक्षर गरिएको प्रति नेता कोइरालाको आपत्ति
कोशी प्रदेश सरकार गठनका लागि बहुमत पुर्याउन सभामुखको हस्ताक्षर गरिएको प्रति नेता कोइरालाको आपत्ति
असार २१, २०८० बिहिबार
कांग्रेस नेतृत्वको कार्यशैली र व्यवहारप्रति जिल्ला सभापतिहरु असन्तुष्ट, रूपान्तरणको स्पष्ट खाका ल्याउन माग
कांग्रेस नेतृत्वको कार्यशैली र व्यवहारप्रति जिल्ला सभापतिहरु असन्तुष्ट, रूपान्तरणको स्पष्ट खाका ल्याउन माग
नेपालबहस संवाददाता
असार २१, २०८० बिहिबार
प्रेस यूनियनको दवावपछि २४ घण्टामै सूचना विभागले रद्द गर्यो सूचना, स्वरोजगारमूलक सञ्चारमाध्यमलाई राहत
प्रेस यूनियनको दवावपछि २४ घण्टामै सूचना विभागले रद्द गर्यो सूचना, स्वरोजगारमूलक सञ्चारमाध्यमलाई राहत
नेपालबहस संवाददाता
असार २०, २०८० बुधबार
लोकप्रिय
कोशी प्रदेश सरकार गठनका लागि बहुमत पुर्याउन सभामुखको हस्ताक्षर गरिएको प्रति नेता कोइरालाको आपत्ति
१
कोशी प्रदेश सरकार गठनका लागि बहुमत पुर्याउन सभामुखको हस्ताक्षर गरिएको प्रति नेता कोइरालाको आपत्ति
असार २१, २०८० बिहिबार
कांग्रेस नेतृत्वको कार्यशैली र व्यवहारप्रति जिल्ला सभापतिहरु असन्तुष्ट, रूपान्तरणको स्पष्ट खाका ल्याउन माग
२
कांग्रेस नेतृत्वको कार्यशैली र व्यवहारप्रति जिल्ला सभापतिहरु असन्तुष्ट, रूपान्तरणको स्पष्ट खाका ल्याउन माग
असार २१, २०८० बिहिबार
एलओडीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी
३
एलओडीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी
असार २१, २०८० बिहिबार