Saturday, November 2, 2024

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेताबाट शेरबहादुर देउवालाई हटाउनु पर्ने बताएका छन् । उनले आफू सुरुदेखि नै दलको नेता बदल्न लागिपर्ने बताउँदै आएका थापाले आजपनि सो कुरा दोहोर्याएका छन् ।

ताजा / भरखरै प्राप्त

थापाले आफू वा आफ्नो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु देशको अहिलेको आवश्यकता भएको बताएका छन् । शनिबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू पुनः कांग्रेसको संसदीय दलको नेता बदल्ने कुरामा लाग्ने र बदल्न सके आफू र आफ्नो पुस्ताको व्यक्तिलाई प्रधानमन्त्री बनाउने बताए ।

उनले नेपालमा अर्को प्रधानमन्त्री को बन्दैछ भन्ने कुरा सबै नेपालीहरूलाई पहिला नै थाहा हुने भइसकेको भन्दै अब पूर्वप्रधानमन्त्री पुनः प्रधानमन्त्री बन्ने कुरा रोक्न सक्नुपर्ने बताए । उनले आफू संसदीय दलको नेता बदल्ने कुरामा नथाकेको पनि बताए । संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्ने कुरा दलभित्रैबाट सम्भव भएकाले त्यसमा आफू लागिपर्ने उनको भनाइ छ ।

उनले भने, ‘म नेपाली कांग्रेसको सांसद हुँ, यो बदल्नुपर्छ भनेर नै संसदीय दलको नेता हुने कोशिस गरेको हो । मैले सबै साथीहरूको मन चित्त त बुझाउन सकिनँ । तर म थाकेको छैन, हारेको छैन, नेपाली काँग्रेसबाट भुतपूर्व भएको प्रधानमन्त्री काँग्रेसले पछि प्रधानमन्त्री बनाउन पाएको बेलामा बनाउनु हुँदैन, त्यस कारणले गर्दा फेरि काँग्रेसको संसदीय दलको नेता बदल्ने कुरामा म लाग्छु । सके बदल्छु, त्यसलाई बदल्छु, सके आफू बन्छु, नसके अर्कोलाई बनाउँछु तर बदल्नुपर्छ भन्नेमा छु ।’

महामन्त्री थापाले काँग्रेसले मिसन २०८४ नभइ २०८० र २०८१ को शुरु गर्न जरुरी रहेको बताए । सबै पार्टीहरू मिसन २०८४ मा लागेकाले कांग्रेसले यो बीचमा देश सम्हाल्न र जनताको सेवा गर्न लाग्नुपर्ने उनको भनाइ छ । उनले अब आफू वा आफ्नो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु देशको अहिलेको आवश्यकता भएको सुनाए ।

यसअघि दलको नेताको लागि उनले सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका थिए । पछिल्लो समय नेता थापाले सभापति देउवालाई एकपछि अर्को गरेर चूनौति पेश गरिरहेका छन् । आजै अर्का युवा नेता प्रदीप पौडेलले पनि सरकारले यस्तै काम गरेर आगामी ०८४ को निर्वाचनमा कांग्रेस पराजित हुने दाबी गरेका छन्

नेपाली कांग्रेस

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles