छायाँनाथ रारा नगरपालिका-३ फुली गाउँमा सडक खन्ने क्रममा माथिबाट आएको पहिरोले सुर्खेत वीरेन्द्रनगर नगरपालिका-७ का २४ वर्षीय पवन घिमिरे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख सुदर्शन पन्थीले जानकारी दिए ।
उनका अनुसार लगातारको वर्षाले उक्त सडकको ठाउँ ठाउँमा पहिरो आई अवरुद्ध भएपछि पहिरो पन्छाउन गएको डोजर काम सकाएर फर्कँदै गर्दा बिहीबार राति बामधारा भन्ने स्थानमा सडक माथिबाट आएको पहिरोले पुरिँदा चालक घिमिरेको घटनास्थल मै मृत्यु भएको हो ।
