Thursday, November 14, 2024

वीरेन्द्रनगर । सुर्खेतकाे सदरमुकाम वीरेन्द्रनगर–३ का वडाअध्यक्ष चोरी आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले चोरी डाँकाको आरोपमा वडाध्यक्ष विनोदसिंह विष्ट लाई आज पक्राउ गरेको हो ।

ताजा / भरखरै प्राप्त

जिल्ला प्रहरी कार्यालय सुर्खेतले वडाध्यक्ष विष्टलाई पैसा चोरी गरेको आरोपमा पक्राउ गरिएको जनाएको छ । सुर्खेतका प्रहरी नायब उपरीक्षक लक्ष्मणबहादुर शाहीले आइतबार दिउँसो वीरेन्द्रनगर नगरपालिकाबाट उनलाई पक्राउ गरिएको जानकारी दिए ।

वडाध्यक्ष विष्ट र अन्य दुई जनालाई पैसा चोरेको आरोप लागेको थियो । उनीसहित अन्य दुई जनालाई खोर्केखोला तटबन्धन उपभोक्ता समितिको ६ लाख ५० हजार लुटेको आरोप लागेको छ।

Previous article
Next article
मोटरसाइकल चोरी गर्ने गिरोहका एक दर्जन पक्राउ-:बुटवल आसपासबाट विभिन्न स्थानमा मोटरसाइकलहरु चोरीमा संलग्न भएको आरोप प्रहरीले एक दर्जन युवाहरूलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको समन्वयमा तथा ईलाका प्रहरी कार्यालय बुटवल र मातहत समेतका प्रहरी कार्यालयहरूको खोजीमा १२ जना युवालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको हो ।एक महिनाको अन्तरालमा उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरिएको सोमवार आयोजित पत्रकार सम्मेलनमा प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा अधिकांश १९ वर्षदेखि ३० वर्ष सम्मका युवाहरु रहेका छन् ।पक्राउ पर्नेमा बुटवल ३ ज्योतीनगर बस्ने १९ वर्षीय तरुन राना, नवलपरासी (ब.सु.प.), रामग्राम नगरपालिका १४ बस्ने ४३ वर्षीय सुनीलकुमार चौधरी, रामग्राम नगरपालिका १६ बस्ने २० वर्षीय करन थारु, गुल्मी घर भई हाल रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ५ बस्ने २६ वर्षीय सरोज थापा रहेका छन् । त्यस्तै गुल्मी घर भई सोही ठाउँ बस्ने २६ वर्षीय दीपक रेगामीमगर, तिलोत्तमा नगरपालिका–६ बस्ने २४ वर्षीय दीपेश थापा, सोही स्थानका २५ को हितेश राना, बागलुङको वरेङ गाउँपालिका–५ सुखौरा बस्ने १९ वर्षीय आशिष सामत र २० वर्षीय दीपक सामत पनि पक्राउ परेका छन् ।त्यस्तै पक्राउ पर्नेमा २९ वर्षीय गोरे भन्ने प्रमोद पुर्जा, बागलुङको वरेङ गाउँपालिका ५ भित्री वन बस्ने २२ वर्षीय मिलन खत्री र तिलोत्तमा नगरपालिका–४ बस्ने १८ वर्षीय आकाश नेपाली रहेको इप्रका बुटवलले जनाएको छ । पक्राउ परेकाहरुलाई चोरी सम्बन्धी मुद्दामा कानुनी प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles