Wednesday, February 5, 2025

सवारी चोरी गर्ने ३६ जना कारबाहीमा, चोरिएका पाँच सय गाडी धनीलाई फिर्ता

ताजा / भरखरै प्राप्त

काठमाडौं। प्रहरीले चालु आर्थिक वर्षमा उपत्यकाका विभिन्न क्षेत्रबाट चोरिएको पाँच सय सवारी साधान फेला पारी सवारी धनीलाई हस्तान्तरण गरेको छ । यसरी सवारी साधान चोरीमा संलगन रहेको ३६ जनालाई कारबाही गरेको छ ।कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले आज मात्रै विभिन्न क्षेत्रबाट २१ वटा दुई पाङ्ग्रे सवारी साधन खोजी गरी धनीलाई हस्तान्तरण गरिएको जानकारी दिए । । उनले १२ वटा मोटरसाइकल र नौ वटा स्कुटर धनीलाई हस्तान्तरण गरिएको बताए ।

अवैध रुपमा नेपाल भित्रिएका ९५ वटा सवारी साधन भन्सार कार्यालयमा बुझाइएको र एउटा मोटरसाइकललाई थप अनुसन्धानको लागि यातायात व्यवस्था कार्यालय पठाइएको भट्टले बताए । चालु आवमै चोरीका २ पाङ्ग्रे ३२ सवारी साधनसहित चोरीमा संलग्न ३६ व्यक्तिलाई कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।
हराएका सवारी साधन खोज तलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आए पनि स्वयं सवारी धनी पनि विशेष चनाखोका साथै सजग हुनुपर्ने र सवारी चालक थप जिम्मेवार बनी सवारी साधन चोरी तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्न प्रहरीले अनुरोध गरेको छ ।आफ्नो सवारीको ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरन जडान गरी सवारी साधन चोरी तथा हराउनबाट रोक्न विभिन्न उपाय अबलम्वन गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।यस्तै प्रहरीले मानिसहरूको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न पनि अनुरोध गरेको छ । सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने प्रहरीले जनाएको छ ,!

Previous article
Next article
मोटरसाइकल चोरी गर्ने गिरोहका एक दर्जन पक्राउ-:बुटवल आसपासबाट विभिन्न स्थानमा मोटरसाइकलहरु चोरीमा संलग्न भएको आरोप प्रहरीले एक दर्जन युवाहरूलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको समन्वयमा तथा ईलाका प्रहरी कार्यालय बुटवल र मातहत समेतका प्रहरी कार्यालयहरूको खोजीमा १२ जना युवालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको हो ।एक महिनाको अन्तरालमा उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरिएको सोमवार आयोजित पत्रकार सम्मेलनमा प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा अधिकांश १९ वर्षदेखि ३० वर्ष सम्मका युवाहरु रहेका छन् ।पक्राउ पर्नेमा बुटवल ३ ज्योतीनगर बस्ने १९ वर्षीय तरुन राना, नवलपरासी (ब.सु.प.), रामग्राम नगरपालिका १४ बस्ने ४३ वर्षीय सुनीलकुमार चौधरी, रामग्राम नगरपालिका १६ बस्ने २० वर्षीय करन थारु, गुल्मी घर भई हाल रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ५ बस्ने २६ वर्षीय सरोज थापा रहेका छन् । त्यस्तै गुल्मी घर भई सोही ठाउँ बस्ने २६ वर्षीय दीपक रेगामीमगर, तिलोत्तमा नगरपालिका–६ बस्ने २४ वर्षीय दीपेश थापा, सोही स्थानका २५ को हितेश राना, बागलुङको वरेङ गाउँपालिका–५ सुखौरा बस्ने १९ वर्षीय आशिष सामत र २० वर्षीय दीपक सामत पनि पक्राउ परेका छन् ।त्यस्तै पक्राउ पर्नेमा २९ वर्षीय गोरे भन्ने प्रमोद पुर्जा, बागलुङको वरेङ गाउँपालिका ५ भित्री वन बस्ने २२ वर्षीय मिलन खत्री र तिलोत्तमा नगरपालिका–४ बस्ने १८ वर्षीय आकाश नेपाली रहेको इप्रका बुटवलले जनाएको छ । पक्राउ परेकाहरुलाई चोरी सम्बन्धी मुद्दामा कानुनी प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles