Thursday, December 5, 2024

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ ।उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । प्रधानमन्त्री प्रचण्डको निजी चिकित्सक प्रा. डा. युवराज शर्माले आज बिहान ८ः३३ बजे सीता दाहालको निधन भएको जानकारी दिए ।

ताजा / भरखरै प्राप्त

पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित सीता दाहाल लामो समयदेखि ओछ्यान परेकी थिइन् । अहिले भने उनलाई हृदयाघात भएको थियो ।

स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान अस्पताल लगिएको थियो । प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल पुगेका छन् । अन्य विशिष्ट व्यक्तित्वहरु, पार्टी कार्यकर्ताहरू पनि अस्पताल परिसर पुगेका छन् ।

६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई पार्किन्सनजस्तो देखिने जटिल रोग लागेको थियो । प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएससी) भनिने रोगबाट पीडित दाहालको यसअघि भारतमा पनि उपचार भएको थियो ।

सीता दाहालको पार्थिव शरीरलाई अहिले बिहान ११ बजेदेखि १ बजेसम्म पार्टी कार्यालय पेरिस डाँडामा राखिने र आजै २ बजे पशुपति स्थित आर्यघाटमा दाहसंस्कार गर्ने तयारी गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला । धन्यवाद ।

लेखकबाट थप

सम्बन्धित पोस्ट
सीता दाहालको निधनप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त
सीता दाहालको निधनप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त
असार २७, २०८० बुधबार

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने
प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने
असार २७, २०८० बुधबार

सर्पको डसाइबाट चार जनाको निधन
सर्पको डसाइबाट चार जनाको निधन
असार २६, २०८० मंगलबार

असार २५, २०८० सोमबार

प्रश्नकै घेराभित्र छ नक्कली शरणार्थी र ललिता निवास प्रकरणमा प्रतिबद्ध देखिएको प्रहरीको चेन अफ कमाण्ड !
प्रश्नकै घेराभित्र छ नक्कली शरणार्थी र ललिता निवास प्रकरणमा प्रतिबद्ध देखिएको प्रहरीको चेन अफ कमाण्ड !
नेपालबहस संवाददाता

असार २४, २०८० आइतबार

सञ्चार सचिव राउतको पक्राउपछि काम ठप्प पार्ने कर्मचारीहरूको चेतावनी
सञ्चार सचिव राउतको पक्राउपछि काम ठप्प पार्ने कर्मचारीहरूको चेतावनी

Previous article
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles