Friday, October 24, 2025

नेकपा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी दिवंगत पत्नी सीता दाहालको पार्थीव शरीर पार्टी कार्यालय पेरिसडाँडा लगिएको छ ।

ताजा / भरखरै प्राप्त

बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएकी ६९ वर्षीया सीताको पार्थीव शरीरलाई श्रद्धाञ्जलीका लागि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा राखिने भएको छ । जसका लागि अहिले नर्भिक अस्पतालबाट दाहालको पार्थीव शरीर निकालेर पार्टी कार्यालय लगिएको हो ।

दिउँसो १ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि दिउँसो २ बजे पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिने भएको छ ।

हृदयघात भएपछि बुधबार बिहान ८ बजे नर्भिकक अस्पतालमा लगिएको सीताको उपचारकै क्रममा ८ बजेर ३३ मिनेट जाँदा निधन भएको प्रधानमन्त्री प्रचण्डका निजी चिकित्सक प्राध्यापक डा। युवराज शर्माले जानकारी दिए ।

लामो समयदेखि वंशाणुगत पार्किन्सनजस्तो देखिने रोगबाट पीडित सीताको अमेरिका, भारतको मुम्बई र सिंगापुरमा उपचार गरिएको थियो ।

Previous article
Next article
२७ , असार पर्सा जिल्ला को बिरगंज का सशस्त्र प्रहरी बल ले प्रस्तावित गुल्म बिरगंज भन्सारले आज प्रतिबन्धित लागु औषध १५ केजी चरेस पक्राउ गरेको छ । पर्साको पटेर्वा सुगौली गाउपालिका वडा न.५ मा बस्ने बर्ष ३५ को सत्यनारायण माझी र सोही ठाउँमा बस्ने बर्ष ४० को प्रहलाद माझीले BR 22 M. 4206 नम्बर को मोटरसाइकलमा सिटमुनि लुकाई छिपाई नेपालबाट भारत तिर लगिरहेको बिषेश सूचनाको आधारमा सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म बिरगंज भन्सारका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक राम जङ्ग पाण्डेको नेतृत्वमा उक्त लागु औषध चरेस पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल १३ न. गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाले बताएका हुन । आजै उक्त पक्राउ गरेको चरेस कानुनी प्रक्रिया पुर्याई पक्राउ परेको मानिस, चरेस र मोटरसाइकल सहित इनर्वा प्रहरी चौकीमा बुझाइएको हो ।तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?एउटा लाइक गरेर मनोबल बढाउनुहोस् !जयहो !
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles