Friday, January 17, 2025

धानको न्यूनत्तम मूल्य प्रतिक्विन्टल ३ हजार १९८ रुपैयाँ

ताजा / भरखरै प्राप्त

सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । मन्त्रिपरिषद्को बैठकले धानको न्यूनतम समर्थन मूल्य तोकेको हो । सरकारले आगामी आर्थिक वर्षका लागि मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १ सय ९८ रुपैयाँ तोकेको छ । मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार ३६२ रुपैयाँ तोकेको नेपाल सरकारको प्रवक्ता रेखा शर्माले जनाएकी हुन । सरकारले तोकेको न्यूनतम समर्थन मूल्य गत वर्षको तुलनामा २ सय ३१ रुपैयाँले बढी हो । चालु आर्थिक वर्षका लागि सरकारले मोटो धानका लागि प्रतिक्विटल २ हजार ९ सय ६७ रुपैयाँ तोकेको थियो भने मध्यम धानका लागि प्रतिक्विटल ३ हजार १२८ रुपैयाँ तोकिएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles