Monday, February 17, 2025

इन्टरनेटबाटै हिमालय एयरको टिकट

ताजा / भरखरै प्राप्त

हिमालय एयरलाइन्सले इन्टरनेट बुकिङ इन्जिन (आइ.बि.ई) सेवा सुरु गरेको छ । जसको माध्यमबाट ग्राहकहरूले डेक्सटप वा मोबाइलबाट नै आफ्नो सुविधाअनुसार एयरलाइन्सको वेबसाइटमा गएर टिकट बुकिङ गर्न सक्ने छन् । उक्त सेवाको प्रारम्भिक चरणमा ग्राहकहरूले टिकट खरिदका लागि ई–सेवा वालेट, मास्टरकार्ड र भिसा कार्डबाट भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ । साथै रिफन्ड रिक्वेस्ट, टिकटको मूल्य खोजी, बुकिङ व्यवस्थापनसहित अतिरिक्त सेवाहरूको उपभोग गर्न सकिने कम्पनिको दाबी छ । यात्रुहरूले विमानस्थलमा समय बचत गर्नका निम्ति अनलाइन चेक–इन पनि गर्न सक्ने कम्पनीले बताएको छ । हिमालय एयरलाइन्समा नेपाल–चीनको संयुक्त लगानी रहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles