Monday, February 17, 2025

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, सत्ता साझेदार एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक शुक्रबार बस्दैछ। कीर्तिपुर नगरपालिकामा पर्ने पुष्पलाल स्मृति पार्कमा बिहान ११ बजे सचिवालय बैठक बस्ने पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।आज बस्ने सचिवालय बैठकमा पार्टीले यसअघि सञ्चालन गरेको अभियानको समीक्षा हुने उनले बताए।‘पार्टीको अभियानको समीक्षा गर्ने कार्यसूची रहेको छ। त्यस्तै केही साथीहरूले पार्टी छाडेर जानु भएको छ। उहाँहरूको जिम्मेवारीमा रहेका ठाउँहरूको पनि पूर्ति गर्नुपर्नेछ,’ उनले भने, ‘त्यसका अतिरिक्त अहिलेको राजनीतिक परिस्थितिबारे पनि छलफल हुन्छ।एकीकृत समाजवादीमा अहिले बागमती र लुम्बिनीका प्रदेश इन्चार्ज छैनन्। आज बस्ने बैठकले त्यसको पूर्ति गर्ने उनले बताए।

ताजा / भरखरै प्राप्त

Previous article
Next article
प्रचण्डलाई समवेदना दिन एमाले नेताहरु बालुवाटारमा। पत्नीशोकमा रहेका प्रधानमन्त्री प्रचण्डलाई समवेदना दिन एमाले संसदीय दलको टोली बालुवाटार गएको छ ।शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवासमा पुगेर समवेदना व्यक्त गर्न एमाले संसदीय दल उपनेता सुवास नेम्बाङको नेतृत्वमा प्रतिनिधिसभा र राष्ट्रिय सभा सांसदहरु पुगेका हुन् ।टोलीमा विगतमा प्रचण्डको मन्त्रिपरिषद्मा मन्त्री बनेका नेताहरु पनि सहभागी रहेका थिए । उनीहरुले प्रधानमन्त्रीकी दिवंगत पत्नी सीता दाहालप्रति फूल चढाउँदै श्रद्धाञ्जली अर्पण गरे ।नेम्बाङ, विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, विमला राई, गोकर्ण विष्ट लगायत नेताहरुले प्रचण्डको परिवारसँग समवेदना साझा गरेका थिए ।नेम्बाङ लगायत एमाले सांसदहरुलाई धन्यवाद दिँदै प्रधानमन्त्री प्रचण्डले आफूमाथि पटक पटक पारिवारिक शोक परेका बेला सधैं साथ र शुभेच्छा राखेको बताए ।‘मलाई यस्तो अप्ठेरो परेका बेलामा तपार्इंहरु आएर साथ सहयोग दिनुभयो, यसले मलाई विपत्ति सहन ठूलो बल मिलेको छ,’ प्रचण्डले एमाले नेताहरुसँग भनेका थिए ।लामो समयदेखि बिरामी प्रधानमन्त्रीपत्नी सीता दाहालको बुधबार बिहान निधन भएको थियो,!
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles