गण्डकी प्रदेशले यस किसानलाई आवश्यक पर्ने रासायनिक मल मौज्दात रहेको जनाएको छ । बर्सेनि धानखेतीको समयमा रासायनिक मलको अभाव झेल्दै आएका गण्डकी प्रदेशका किसानलाई यस वर्ष भने मल अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेड पोखराले जनाएको छ । यस्तै, कृषि सामग्री कम्पनी लिमिटेड गण्डकी प्रदेश प्रादेशिक कार्यालयका अनुसार हाल कम्पनीमा डिएपी २१ टन र युरिया पाँच टन मल गोदाममा रहेको छ । थप मल आउने क्रममा रहेकाले यस वर्ष धानखेतीको समयमा रासायनिक मल अभाव हुने छैन । गण्डकीमा एक वर्षमा मात्रै पाँच हजार टन युरिया, तीन हजार टन डिएपी र पाँच सय टन पोटास मल आवश्यक पर्ने कृषि सामग्री कम्पनीको भनाई छ ।