Tuesday, January 21, 2025

बर्दीमा टिकटक बनाउने २०८ प्रहरी कारबाहीमा -:नेपाल प्रहरीको पोसाक लगाएर टिकटक भिडियो् बनाउने २०८ जना प्रहरी कर्मचारी कारबाहीमा परेका छन् ।प्रहरी प्रधान कार्यालयले २०७७ सालदेखि चालु आर्थिक वर्षको असार २२ गतेसम्म बर्दी लगाएर भिडिओ बनाउने र सामाजिक सञ्जालमा राख्ने २०८ कर्मचारीलाई कारबाही गरेको हो ।डिआइजी एवम् प्रहरी प्रवक्ता कुबेर कडायतका अनुसार २०७७/७८ मा ८२ जना, २०७८÷७९ मा ३० जना र २०७९÷८० मा ९६ जना प्रहरी कारबाहीमा परेका हुन् ।

ताजा / भरखरै प्राप्त

२०७७ असोज २२ गते प्रहरी प्रधान कार्यालयले अनुमति नलिई भिडिओ, चलचित्र, टेलिचलचित्र, टिकटक भिडिओ बनाएको पाइएमा कारवाही गर्ने चेतावनी दिएको थियो ।तर, तीन वर्षसम्म पनि सामाजिक सञ्जालमा प्रहरी पोसाकको दुरूपयोग नरोकिएपछि हेडक्वार्टरले कारबाही थालेको हो ।

Previous article
सात राजदूत नियुक्तिको तयारी, को-को छन् दाबेदार ?। सरकारले रिक्त रहेका ७ देशमा राजदूत नियुक्त गर्ने तयारी गरेको छ । ३२ देशमा नेपालका ३९ आवासीय कूटनीतिक नियोग छन् । ती मध्ये हाल दुई कुटनीतिक नियोग र पाँच दूतावास नेतृत्वबिहीन छन् ।न्युयोर्क र जेनेभास्थित राष्ट्रसंघीय स्थायी नियोग, युएई, क्यानडा, कुवेत, थाइल्यान्ड र फ्रान्समा राजदूत नियुत्किा लागि सिफारिस गर्ने तयारी गरेको हो ।न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघीय स्थायी प्रतिनिधि अमृतबहादुर राई, जेनेभास्थित संयुक्त राष्ट्रसंघीय स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराई, युनाइटेड अरब इमिरेट्सका लागि राजदूत कृष्णप्रसाद ढकाल, क्यानडाका भृगु ढुंगाना, कुवेतका दुर्गाप्रसाद भण्डारी र फ्रान्सका लागि राजदूत दीपक अधिकारीको कार्यकाल सकिएर स्वदेश फिर्ता भइसकेका छन् ।परराष्ट्र मन्त्री एनपी साउदका अनुसार आगामी बस्ने मन्त्रिपरिषद्को बैठकबाट राजदूतसँगै नयाँ परराष्ट्रसचिव नियुक्ति प्रक्रिया अघि बढाउने तयारी भइरहेकोे छ ।कार्यकाल सकिएर स्वदेश फर्केका सबै परराष्ट्र मन्त्रालयका सहसचिव हुन् । अब सातै स्थानमा परराष्ट्रका सहसचिवहरूको नियुक्तिका लागि सरकारले सिफारिस गर्न लागेको हो ।परराष्ट्रमा राजदूतका लागि सहसचिवहरू लोकबहादुर थापा, धनबहादुर ओली, रामप्रसाद सुवेदी, सुधीर भट्टराई, तेजबहादुर क्षेत्री, घनश्याम लम्साल, प्रकाशमणि पौडेललगायत दाबेदार छन् ।परराष्ट्रसचिव भरतराज पौड्याललाई न्युयोर्कस्थित नेपाली स्थायी प्रतिनिधिका लागि सिफारिस गर्ने सरकारको तयारी छ । राजदूतहरूको सिफारिस गरेपछि संसदीय समितिले उनीहरूको सुनुवाइ गर्ने र समितिको स्वीकृतिपछि राष्ट्रपतिबाट राजदूत नियुक्त हुने व्यवस्था छ ।
Next article
रौतहटमा धारिलो हतियार प्रहार गरी युवकको हत्यारौतहट । रौतहटको देवाही गोनाही नगरपालिकामा गएराति अज्ञात समूहले धारिलो हतियार प्रहार गरी एक जना युवकको हत्या गरेको छ। आफ्नो घरभित्र सुतिरहेका देवाही गोनाही ६ कर्कच कर्मैयाका ब्रह्मदेव साहको छोरा अन्दाजी ४० वर्षका जगरनाथ साह कानुको धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको हो।इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रमुख इन्स्पेक्टर गोविन्द कुमार साहका अनुसार घटना गए राति ११ र १२ बजेको बीचमा भएको हो । घटना पछि मृतक कानुको श्रीमतीले थाहा पाएपछि गए राति दुई बजेर १५ मिनेटमा खबर गर्नासाथ हामी घटना स्थल कर्कच गाउँमा पुगेको इन्स्पेक्टर साहले बताए।घटनाबारे पहिलो जानकारी पाएकी मृतककी श्रीमतीको अवस्था ठिक नहुँदा विस्तृतमा सोधपुछ गर्न नसकेको इन्स्पेक्टर साहले जानकारी दिए । यसैबीच घटनास्थल कर्कच कर्मैयामा केही बेर अघि मात्र पुगेका इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओमप्रकाश खनालले घटनाको अनुसन्धानका लागी प्रदेश प्रहरी कार्यालय जनकपुरबाट तालीम प्राप्त कुकुर मगाएको बताए।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles