Tuesday, January 21, 2025

सशस्त्र प्रहरीमा पदपूर्तिका लागि आवेदन मागसशस्त्र प्रहरी बलले स्थायी पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना तथा छनोट शाखा, हलचोक, स्वयम्भूले आज एक सूचना जारी गर्दै आवेदन माग गरेको हो । रिक्त रहेको साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी जवान पदमा खुला प्रतियोगिताद्वारा ९३२ पदमा पदपूर्तिका लागि दरखास्त माग गरिएको छ । आगामी साउन २८ गतेसम्म इच्छुकले आवेदन दिन सक्नेछन् । तोकिएको म्यादभित्र राजश्व नतिरेको र रित नपुर्‍याएको निवेदन पेस नहुने सूचनामा उल्लेख छ ।

ताजा / भरखरै प्राप्त

Previous article
रौतहटमा धारिलो हतियार प्रहार गरी युवकको हत्यारौतहट । रौतहटको देवाही गोनाही नगरपालिकामा गएराति अज्ञात समूहले धारिलो हतियार प्रहार गरी एक जना युवकको हत्या गरेको छ। आफ्नो घरभित्र सुतिरहेका देवाही गोनाही ६ कर्कच कर्मैयाका ब्रह्मदेव साहको छोरा अन्दाजी ४० वर्षका जगरनाथ साह कानुको धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको हो।इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रमुख इन्स्पेक्टर गोविन्द कुमार साहका अनुसार घटना गए राति ११ र १२ बजेको बीचमा भएको हो । घटना पछि मृतक कानुको श्रीमतीले थाहा पाएपछि गए राति दुई बजेर १५ मिनेटमा खबर गर्नासाथ हामी घटना स्थल कर्कच गाउँमा पुगेको इन्स्पेक्टर साहले बताए।घटनाबारे पहिलो जानकारी पाएकी मृतककी श्रीमतीको अवस्था ठिक नहुँदा विस्तृतमा सोधपुछ गर्न नसकेको इन्स्पेक्टर साहले जानकारी दिए । यसैबीच घटनास्थल कर्कच कर्मैयामा केही बेर अघि मात्र पुगेका इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओमप्रकाश खनालले घटनाको अनुसन्धानका लागी प्रदेश प्रहरी कार्यालय जनकपुरबाट तालीम प्राप्त कुकुर मगाएको बताए।
Next article
सप्तकोशीमा खस्यो ट्रक, तीनको उद्धारविराटनगर । सप्तकोशीको पुलबाट नदीमा ट्रक खसेको छ । सुनसरी र सप्तरीको सिमानामा पर्ने कोसी ब्यारेजको पुलमा आज बिहान बससँग ठोक्किएर ट्रक नदीमा खसेको हो । नदीमा खसेको ट्रक बेपत्ता भएको छ । प्रहरीले ट्रकमा सवार तीन जनाको सकुशल उद्धार गरेको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बरको बस सुनसरीतर्फ कोशी ब्यारेजको पुलमा बिहान ७ः४० बजेतिर ठोक्किएर दुर्घटना भएको थियो ।सुनसरी प्रहरीका प्रवक्ता डिएसपी राजकुमार राईका अनुसार ट्रक र बस ठोक्किएर दुर्घटना हुँदा कोशी ब्यारेजको १० नम्बर ढोका तर्फको बार भत्किएको छ । बार भत्किएकै ठाउँबाट ट्रक नदीमा खसेको थियो । नदीमा खसेको ट्रक देखिन छाडेको उनले बताए ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles